Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

एमालेभित्र बढ्दो पार्टी पुनर्गठनको मागः अध्यक्ष ओलीकै कारण पार्टी रक्षात्मक भूमिकामा पुगेको ठहर

एमालेभित्र बढ्दो पार्टी पुनर्गठनको मागः अध्यक्ष ओलीकै कारण पार्टी रक्षात्मक भूमिकामा पुगेको ठहर
  • २५ आश्विन २०८२, शनिबार ०८:२०

काठमाडौं । नेकपा (एमाले) को ५८औं सचिवालय बैठकले पार्टीभित्रको आन्तरिक असन्तुष्टि र नेतृत्व विवादलाई झनै उजागर गरेको छ। करिब ६ घण्टा लामो शुक्रबारको बैठकमा अधिकांश नेताहरूले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टी रक्षात्मक अवस्थामा पुगेको र अब मार्गप्रशस्त गर्नुपर्ने माग उठाएका छन्।

mulpatra

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, गुरू बराल, महासचिव शंकर पोखरेल र उप–महासचिव प्रदीप ज्ञवालीले धारणा राखेका थिए।

तीमध्ये उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ओलीको राजीनामा माग गर्दै पार्टी पुनर्गठनको आवश्यकता औंल्याइन्। उनले भनिन्, “युवाहरूको आन्दोलन, विद्रोहको भावनालाई आत्मसात् गर्दै पार्टी पुनर्गठनको दिशामा जानुपर्छ। नेतृत्व पुनर्गठन अनिवार्य छ।”

mulpatra mulpatra mulpatra

युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले समेत ओलीको नेतृत्वमा पार्टी आन्दोलन अघि बढ्न नसक्ने भन्दै नयाँ नेतृत्वको आवश्यकता रहेको सुझाव दिएका थिए। यद्यपि, ओलीनिकट समूहले भने अष्टलक्ष्मी शाक्यबाहेक अरू कसैले राजीनामाको कुरा नगरेको दाबी गरेको छ।

बैठकमा गुरू बरालबाहेक धारणा राख्ने सबैले पार्टी पुनर्गठनको पक्षमा आवाज उठाएका थिए। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि “पार्टी पुनर्गठन आजको मुख्य प्रश्न बनेको छ” भन्दै नेतृत्वमा नयाँ सोच र संरचनाको आवश्यकता औंल्याएका थिए।

उपाध्यक्ष विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ समेतले आन्दोलन पुनर्गठनका लागि नेतृत्व पुनर्संरचना जरुरी भएको धारणा राखे। बरालले भने “नेतृत्व संकटको बेला कमजोर पार्ने कुरा गर्नु हुँदैन” भन्दै पुनर्गठनको विपक्षमा बोले।

Image Source: © https://mulpatra.com

सचिवालय बैठकमा ओलीले संसद पुनःस्थापनाको प्रस्ताव अघि सारेका थिए। तर, यो प्रस्तावमा सचिवालय विभाजित देखियो। ओलीको पक्षमा भन्दा विपक्षीमा मत बलियो देखिएको छ ।

शुक्रबारको बैठकले एमालेभित्र नेतृत्वप्रतिको असन्तुष्टि, संगठन पुनर्गठनको दबाब र नीति–दिशाको अस्पष्टतालाई स्पष्ट रूपमा सतहमा ल्याएको छ। अधिकांश नेताहरूले अध्यक्ष ओलीकै कार्यशैली र निर्णयप्रति असहमति जनाउँदै पार्टी रक्षात्मक अवस्थामा पुगेको ठहर गरेका छन्।

अब शनिबार बस्ने अर्को सचिवालय बैठकले—पार्टी पुनर्गठन र महाधिवेशनको मिति निर्धारणमा—महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।