Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्रसाईको योजना हिन्दुराष्ट्र पुनःस्थापना र नेपालमा विदेशी शक्तिको खेल रोक्नतिर

प्रसाईको योजना हिन्दुराष्ट्र पुनःस्थापना र नेपालमा विदेशी शक्तिको खेल रोक्नतिर
  • २६ आश्विन २०८२, आईतवार १०:४७

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले देशमा हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन् । आन्दोलनको भने मिति तय भएको छैन ।

mulpatra

तर हिन्दुराज्य नेपालको माग गर्दै आएका छन् । नेपाली जनताले हिन्दुराज्य नै खोजीरहेको प्रसाईले बताए । उनले पछिल्लो समय नेपाल विदेशी शक्ति केन्द्रको खेल मैदानको रुपमा परिणत हुँदै गएको आरोप लगाए ।

सनातन संस्कृति समाज नेपालले हिन्दु राष्ट्र पुनःस्थापना महाअभियान चलाएको उनको भनाइ छ ।

mulpatra mulpatra mulpatra

हिन्दु राज्य र धर्म निरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्नेमा जोड उनको छ । ‘बहुमत जनता अहिले पनि हिन्दु राज्यको पक्षमा छन्’, उनले भने, ‘त्यसैले यो विषयमा जनमत संग्रह गर्नुपर्छ भन्ने मेरो माग हो ।’

राजनीतिक, सामाजिक, आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेको, देशको नेतृत्व र शासन व्यवस्था असफल भइसकेको र यथास्थितिमा देश अघि बढिरहन नसक्ने प्रसाईले बताए ।

वर्तमान संविधान संशोधन गरेर सहमतीबाट सनातन हिन्दुराष्ट्र बनाउनुपर्ने अन्यथा जनमत ग्रहबाट यो विषय टुंग्याउनुपर्ने उनको भनाई छ ।

Image Source: © https://mulpatra.com

संघीय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने राप्रपा नेपालको एजेण्डा रहेको उनले जनाए ।

शीर्ष नेताहरू आम नागरिकको हितभन्दा पनि विदेशीको इसारामा चल्न थालेकाले यसबाट जोगाउन वैकल्पिक शक्ति आवश्यक रहेको बताए । ‘यही ढंगले र यिनै नेताहरू नै सत्तामा रहिरहँदा लामो संघर्ष र बलिदानबाट प्राप्त संविधान नै नस्ट हुनसक्ने आशंका छ ।’ उनले भने ।

नेपालको राजनीति देशी, विदेशी शक्तिले हल्लाइरहेको छ । अस्थिरता बनाइरहेको छ । जहाँ राजनीतिक क्षेत्र अस्थिर भयो भने देशमा विकास हुन नसके दाबी छ ।

‘राजनीति किन गर्ने ? के पाइन्छ ? भन्ने खालको प्रश्न युवा साथीहरुले गरेको सुनिन्छ । राजनीतिले के दिन्छ ? भनेर प्रश्न गरेर पछाढि लाग्ने भन्दा पनि अब राम्रो गर्नुपर्छ ।’ उनले प्रश्न गरे ।

अग्रज, अहिलेको पिढी र भविष्यका पिढीहरुलाई जोड्ने ढंगबाट नीति निर्माण गर्नसके निश्चिय नै नेपाललाई विकासित बनाउन सक्ने उनको भनाइ छ ।

राम्रोका लागि दबाब सिर्जना गर्ने, राम्रोका लागि सुझाव दिनुपर्छ । राजनीति भनेको मुल नीति हो । राजनीति एउटा दर्शन हो । यसलाई राम्रोसँग अघि बढाउने कुरामा सबैले सक्रिय सहभागिता जनाउन जरुरी छ ।

कोठाभित्र बसेर सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस नलेख्ने बताउँदै भने,’आन्दोलनको नेतृत्व हामी लिन्छौँ । देशमा २०४७ सालको संविधान पुनस्र्थापनाका लागि लड्छौँ भन्दै आएका छन् ।

बैंक तथा वित्तीय संस्थाका ऋणीहरू एकत्रित गरेर ऋण तथा ब्याज मिनाहाको ‘अभियानसमेत चलाइरहेका छन् । प्रसाईले २० लाखभन्दा बढी ऋण मिनाहा हुनुपर्ने माग अघि सारेका कारण ऋण तिर्न नसकिरहेका व्यक्तिहरू उनीसँग जोडिएको देखिन्छ ।

सरकार आफ्ना नागरिकहरूले उठाएको आवाज, समस्या र एजेन्डाहरूको सम्बोधन गर्ने हो कि प्रतिरोधमा उत्रिएर धम्कीपूर्ण भाषण गर्ने ? यो कुनै निरंकुश अधिनायक व्यवस्था नभएर लोकतान्त्रिक व्यवस्था हो भनेर सडकमा उत्रिएकाहरूले भन्दा सत्ता र प्रतिपक्षको नेतृत्व गरेकाले बुझ्नु जरुरी जस्तो देखिन्छ । यसैका लागि उनले आवाज उठाउँदै आएका छन् ।