Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

संघका अध्यक्ष गुरुङ छलफल र कार्यवाहक नदिई सिण्डिकेटधारी संस्था जानको कार्यक्रममा सुटुक्कै जापान, नेतृत्वविहिन संघ

संघका अध्यक्ष गुरुङ छलफल र कार्यवाहक नदिई सिण्डिकेटधारी संस्था जानको कार्यक्रममा सुटुक्कै जापान, नेतृत्वविहिन संघ
  • २६ आश्विन २०८२, आईतवार १८:०६

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङ दशैंअघि नै जाइका अलुमनाई एसोसिएसन (जान)को कार्यक्रममा जापान पुगेका थिए ।

mulpatra

उनले संघका पदाधिकारीसँग छलफल नै नगरी र संघको कार्यवाहक अध्यक्ष समेत कसैलाई नतोकि सिण्डिकेटधारी संस्था जानको कार्यक्रममा सहभागि हुन जापान गएको भन्दै अहिले संघकै पदाधिकारी र अन्य म्यानपावर व्यवसायीले आवाज उठाइरहेका छन् ।

जापान जाने नेपाली कामदारको श्रम स्वीकृतिका लागि जाइका अल्मुनाई एसोसिएसन ‘जान’को भाषा परीक्षाको अनिवार्यताविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । यस संस्थालाई संघले नै रिट हालेको हो ।

mulpatra mulpatra mulpatra

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज आप्रवासन दिवस कसरी मनाउने भनेर छलफल कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा संघका अध्यक्ष गुरुङलाई छलफलका लागि बोलाएपछि उनी संघलाई जानकारी नगराइ जापान पुगेको तथ्य खुलेको थियो । श्रम मन्त्रालयका सचिव कृष्णहरि पुस्कारले गुरुङसँग सम्र्पक गर्दा उनी जापानमा रहेको विषयमा संघका अन्य पदाधिकारीले थाहा पाएका थिए ।

गुरुङले आफुनिटक व्यवसायीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को कार्यक्रममा गएको जानकारी गराएका छन् । तर यस विषयमा उनले संघमा भने कुनैपनि औपचारिक जानकारी नगराएको सघकै एक सदस्यले जानकारी दिए ।

उनकाअनुसार गुरुङ जानको कार्यक्रममा गएपनि अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को कार्यक्रममा सहभागि हुन आएको भन्दै ढाटिरहेका छन् । जान विवादित संस्था हो । तर यही संस्थाको कार्यक्रममा संघका अध्यक्ष नै गएपछि प्रश्न उठेको छ । उनले जानको कार्यक्रममा जाने विषयमा छलफल नगरेको संघकै पदाधिकारीहरुको गुनासो छ । यस विषयमा कुराकानी गर्न खोज्दा उनी सम्र्पकमा आएनन् । संघको अध्यक्षमा गुरुङ आएपछि संघलाई उनले मनोमानी रुपमा चलाइरहेको समेत उनीमाथि आरोप छ ।

Image Source: © https://mulpatra.com

सरकारले १४ वर्षअघिदेखि जापान जाने कामदारका लागि भाषा परिक्षा सञ्चालन गर्ने अनुमति जानलाई दिएको थियो । जानले पाँचौँ तहको भाषा परीक्षा लिँदै आएको छ । यस संस्थाले परीक्षार्थी पाँच पटकसम्म फेल गराए पैसा असुल्दै आएको छ ।

जापानी भाषा परीक्षाका लागि जानलाई एकपटकमा ३ हजार २ सय रुपैयाँ तिर्नुपर्छ । जापानी भाषा परीक्षामा मासिक दुई सयभन्दा बढी नेपाली सहभागी हुने गरेको विभागले जनाएको छ । यसरी लिने परीक्षामा एकपटकमा ६० प्रतिशत उत्तीर्ण हुन्छन्। बाँकी ४० प्रतिशत परीक्षार्थी फेल हुने गरेको म्यानपावर व्यवसायी बताउँछन् ।

‘जान’लाई वैदेशिक रोजगार ऐन २०६४ ले नचिनेको भएपनि २०६७ सालदेखि नै वैदेशिक रोजगारमा जापान जाने कामदारका लागि तरबारका रूपमा रहेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् । उनीहरू भन्छन् ‘जान एक गैरसरकारी संस्था हो । कानुनले नचिनेको संस्था खडा गरेर एकलौटी सिन्डिकेट कायम गर्दै जापानमा प्रशिक्षार्थी कामदार पठाउने गरिएको छ ।

जापानबाट सीओई आएर भिसा जारी भइसकेपछि एक पटक फेल भएका परीक्षार्थीले १५ दिनसम्म परीक्षाका लागि कुर्नुपर्ने बाध्यता छ । जापानको नियममा यस्तो व्यवस्था छैन । फेल भएको अवस्थामा तीन दिनभित्र फेरि परीक्षामा सहभागी हुन पाइन्छ । भिसा आएको तीन महिनाभित्र जापान पुग्नुपर्छ । भिसा आए पनि म्यानपावर कम्पनीमार्फत जापान जानुअघि पाँचौँ तहको जापनिज भाषा अनिवार्य पास भएको हुनुपर्छ ।

संघका महासचिव महेश बस्नेत समेत आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को कार्यक्रमका लागि कतार पुगेका छन् । उनी र संघकै द्वितीय उपाध्यक्षमा देव कुमार खोखाली कतार पुगेका छन् । उनीहरुले पनि संघका अन्य पदाधिकारीलाई जानकारी गराएका छैन ।

श्रम, मन्त्रालयका अनुसार पाँच वर्षअघिको जापानसँग भएको श्रम सम्झौता गत चैतमा सकिएको थियो । मन्त्रालयले जापानसँग श्रम सम्झौता नवीकरणका लागि प्रस्ताव गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।

सरकारले जापानसँग भएको सम्झौताबमोजिम निर्दिष्ट सीपयुक्त कामदार पठाउन नसकेको हो । पाँच वर्षअघि भएको श्रम सम्झौतामा ‘नेपालबाट स्पेसिफाइड स्किल्ड वर्कर अर्थात निर्दिष्ट सीपयुक्त कामदार जापान पठाउने’ उल्लेख थियो । यिनै क्षेत्रमा म्यानपावर कम्पनी, कन्सल्टेन्सी र व्यक्तिले मात्र जापान कामदार पठाइरहेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

जापान जाने कामदारसँग व्यक्तिगत भिसाका नाममा ठगी भइरहेको छ। प्रक्रिया नमिलाई रोजगारका क्रममा जाने कामदारहरू जापान पुगेर समस्यामा पर्ने गरेको समेत पाइन्छ । जापान म्यानपावर, व्यक्ति र कन्सल्टेन्सीले १४ देखि १६ लाख रुपैयाँ लिएर कामदारलाई जापान पठाइरहेका छन् । तर सरकारले नियमन गर्न सकेको छैन ।