मेरो विकल्प म नै हुँ भन्दै हाताहाती राजीनामा माग्ने ५ नेताको जिम्मेवारी खोस्ने तयारीमा ओली

काठमाडौं– नेकपा एमालेको १८ सदस्यीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तत्कालै राजीनामा दिनुपर्ने माग जम्मा ५ पदाधिकारीले राखेका छन् ।
भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको अस्थायी निवासमा शुक्रबार र आइतबार बैठक सम्पन्न भएको छ । अन्य १३ ले नेतृत्वमाथिका तमाम विषय वैधानिक निकाय महाधिवेशनमै उठाउनुपर्ने धारणा राखेका छन् ।
सचिवालय बैठकमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र गोकर्ण विष्टले अध्यक्ष ओलीले तत्कालै राजीनामा दिएर अर्को पुस्ताबाट महाधिवेशन आयोजक कमिटीको संयोजक तोक्न माग गरेका छन् ।
ओलीले उनीहरुको जिम्मेवारी समेत खोस्ने संकेत गरेको एमालेका एक नेताले जानकारी दिए । उनका अनुसार अहिले राजीनामा माग्नुभन्दा जेनजीको विरोधमा लाग्नुपर्ने ओलीको संकेत थियाे । अहिले मेरो विकल्प म नै हुँ भनेर पनि ओलीले बैंठकमा आफनो धारण राखेका थिए ।
मेरो राजिनामामा माग्नुभन्दा पहिला कयौं पटक सोच्न समेत ओलीले बैंठकमै हाताहाती राजिनामा माग्नेलाई काटक्ष गरेको एमालेका ती नेताले बताए । उनका अनुसार ओलीले जेनजी आन्दोलनपछि आफनो विरोध गर्ने नेतालाई केही न केही वाहानामा जिम्मेवारी खोस्ने संकेत गरिरहेको उनले बताए । ‘म तत्लो तहबाट एमालेको राजनीतिक गदै आएको हुँ । पार्टीमा मेरो ठुलो योगदान छ । सामान्य आन्दोलनका कारण अहिलेको अवस्था आयो । अब म राजीनामा दिएर लुक्ने पक्षमा छैन ।’ ती नेताले भने ।
मेरो राजीनामा माग्नुभन्दा पहिले जेनजी सरकारको प्रतिकारमा लाग्नुहोस । अहिले राजीनामा माग्नुपर्ने आवश्यकता छैन भन्दै उनी बैंठकमै राजनीनामामा माग्ने नेतामाथि खनिएको उनको भनाइ छ ।
केन्द्रीय कमिटीको १० औं बैठक असोजको २९ देखि ३१ गतेसम्म ललितपुरमा बस्ने भएको छ । उक्त बैठक जावलाखेल, भनिमण्डलस्थित राम बाग महल पार्टी प्यालेसमा बस्ने भएको छ । बैठकले संसद विघटनविरुद्धका संघर्षका कार्यक्रम पनि तय गर्ने ती पदाधिकारीले बताए ।
उनका अनुसार हाताहाती राजीनामा माग्ने ५ जना नेताको जिम्मेवारी खोस्ने एमालेकै विवादित नेता महेश बस्नेतले पनि ओली सल्लाह दिएको एमालेकै एक नेताले जानकारी दिए । बैठकले मंसिर अन्तिम साता ११ औं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।
देउवा, ओली र प्रचण्डका कारण देशमा जेन(जी विद्रोह भयो ।ओलीले दुई पटकसम्म असंवैधानिक रूपमा संसद् विघटन गरे । संविधानलाई भत्काउने प्रयास त्यहीँबाट सुरु भएको थियो । अहिलेको यसैको पुनस्थापनाका पक्षमा स्यम ओली लागेका छन् ।
कांग्रेस र एमालेभित्रका युवा नेतामा देउवा र ओलीको विकल्प खोज्ने हिम्मत कसैमा देखिएन । विगतमा जस्तै उनै भ्रष्ट देउवा,ओलीले ‘दिन्छन् र खाउँला’ भनेर उनीहरूकै गुणगान गाउँदै आशा गरिरहेका छन् । अहिले ठूला राजनीतिक दल सच्चिने अवस्थामा छैनन् ।
सरकारको नेतृत्वमा चरम भ्रष्टाचार बढेपछि जनतामा छाएको निराशाले जेन(जी विद्रोहबाट ओली प्रधानमन्त्री पदबाट बहिर्गमित हुन पुगे । उनको बहिर्गमनपछि संसद्भन्दा बाहिरकी व्यक्ति पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा आसिन भइन् ।
दुई ठूला राजनीतिक दलको मिलेमतोमा सत्ताको दोहन भएपछि जेनजी आन्दोलनले ओलीलाई सत्ताबाट नराम्ररी बढारिदियो । देउवा, ओली र प्रचण्ड सकिन्छन्, तर उनीहरू सच्चिँदैनन् । पटक पटक गल्ती गर्दा पनि पुरस्कारस्वरूप प्रचण्ड,देउवा र ओलीलाई पुनः राजनीतिको मूलधारमा ल्याउने कांग्रेस, एमाले र माओवादीको पंक्तिले ठूलो गल्ती गरेको छ ।
पार्टी राजनीतिमा कांग्रेस, एमाले र माओवादीका दोस्रो र तेस्रो तहका युवा नेताले हिम्मत नगरेपछि ती नेतालाई फाल्न जेन(जी नै आउनुपर्यो । देउवा सहज बहिर्गमनको खोजीमा छन्। प्रचण्ड पुनः नेतृत्वमा आउन नाटक मञ्चन गरिरहेका छन् । ओली भने अझै बाँचुन्जेल एमालेको अध्यक्षमै बस्न खोजीरहेका छन् ।
२०६२–६३ को जनआन्दोलनमा राजा फाल्नु हुँदैन भनेर उनी बद्री मण्डलसँग वार्तामा थिए । ‘गणतन्त्र ल्याउनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो’ भन्ने ओली नै हुन् । ओलीकै कारण देशमा यस्तो घटना भयो भन्ने उनीहरूलाई पटक्कै महसुस छैन ।