Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

वर्षा रोकिएसँगै मेलम्चीको पानी काठमाडौं आइपुग्न थाल्यो, दैनिक १७ करोड लिटर पठाइँदै

वर्षा रोकिएसँगै मेलम्चीको पानी काठमाडौं आइपुग्न थाल्यो, दैनिक १७ करोड लिटर पठाइँदै
  • २८ आश्विन २०८२, मंगलवार १०:५०

काठमाडौं– वर्षायामका कारण बन्द गरिएको मेलम्ची खानेपानी पुनः काठमाडौं आइपुग्न थालेको छ । दैनिक १७ करोड लिटरभन्दा बढी पानी सुन्दरीजल प्रशोधन केन्द्रमार्फत उपत्यकामा आपूर्ति भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

mulpatra

गत वर्ष बाढी र पहिरोले आयोजनामा क्षति पु¥याएपछि असार १० गतेदेखि सेवा बन्द गरिएको थियो । मर्मतपछि पुनः आपूर्ति सुरु गरिएको हो । काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेकामा मेलम्ची बन्द हुँदा १४ करोड लिटरभन्दा कम पानी आपूर्ति भइरहेको थियो ।

अब मेलम्चीको पानी नियमित आपूर्ति हुन थालेपछि पहिले ६ दिनमा एकपटक आउने पानी, अब ३ दिनको फरकमा घर–घरमा पुग्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।

mulpatra mulpatra mulpatra