Close

Recent Posts

मागपत्र प्रमाणिकरणमा पैसा असुल्न चतुर राजदूत क्षेत्रीले जेनजी आन्दोलनपछि रोकिएको भिसा खुलाउन युएईसँग छलफल गर्न सकेनन्

मागपत्र प्रमाणिकरणमा पैसा असुल्न चतुर राजदूत क्षेत्रीले जेनजी आन्दोलनपछि रोकिएको भिसा खुलाउन युएईसँग छलफल गर्न सकेनन्

विवादित एनजिओका सुधनले सरकार कब्जा गरेको स्वतन्त्र जेनजी नेपालको आरोप

विवादित एनजिओका सुधनले सरकार कब्जा गरेको स्वतन्त्र जेनजी नेपालको आरोप
  • २८ आश्विन २०८२, मंगलवार १०:२९

काठमाडौं– भदौ २३ को जेनजी आन्दोलनमा पानी बाँड्न गएको भन्ने र विदेशी एजेन्सीको शंकास्पद एजेन्टका रूपमा काम गर्ने व्यक्तिले अन्तरिम सरकार आन्दोलनका उपलब्धि कब्जा गर्न खोजेको भन्दै स्वतन्त्र जेनजी समूहले आपत्ति जनाएको छ ।

mulpatra

स्वतन्त्र जेनजी समूहका संयोजक तथा आन्दोलनको घाइते समेत रहेका रुपेन्द्र दाहालले वक्तव्य जारी गर्दै वास्तविक जेनजीलाई ओझेलमा पारेर सुधन गुरुङजस्ता आइएनजिओ र विदेशी दूतावासबाट परिचालित अदृश्य शक्तिले राष्ट्रिय स्वाधीनता र संविधानमाथि नै हमला गर्न खोजेको आरोप लगाएका छन् ।

स्वतन्त्र जेनजी समूहले विदेशी शक्तिले अन्तरिम सरकार चलाउन थालेको भन्दै यसविरुद्ध स्वतन्त्र जेनजी समूह नेपालले कात्तिक १५ गते आन्दोलन घोषणा गरेको वक्तव्यमा उल्लेख छ । सुधन गुरुङको मनपरी र सरकारको लाचारीविरुद्ध आन्दोलन घोषणा गरेको उनले बताएका छन् ।