Close

Recent Posts

उजुरी फछ्र्यौट नगरे करिब ८० प्रतिशत म्यानपावरको नवीकरण नहुने, इमेलबाटै दिने व्यक्तिगत भिसा रोकिएला ? (सम्बन्धीत भिडियो)

उजुरी फछ्र्यौट नगरे करिब ८० प्रतिशत म्यानपावरको नवीकरण नहुने, इमेलबाटै दिने व्यक्तिगत भिसा रोकिएला ? (सम्बन्धीत भिडियो)

अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जोहानसबीच भेटवार्ता

अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जोहानसबीच भेटवार्ता
  • २८ आश्विन २०८२, मंगलवार ११:३०

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच अमेरिकाको राजधानी वासिङ्टन डिसीमा भेटवार्ता भएको छ । भेटमा विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन भइरहेका विभिन्न विकास कार्यक्रमको समीक्षा गरिएको बताइएको छ।

mulpatra

उहाँहरुबीच आगामी दिनमा हुने नयाँ सहकार्य र साझेदारीका विषयमा पनि दुवै पक्षबीच छलफल भएको वासिङ्टनस्थित नेपाली राजदूतावासले जनाएको छ।

भेटघाटका क्रममा अर्थ सचिव घनश्याम उपाध्याय, अमेरिकास्थित नेपाली राजदूत लोकदर्शन रेग्मी, दूतावासका अधिकारीहरू, मन्त्री खनालको भ्रमणदलका अन्य सदस्य तथा विश्व बैंकका विभिन्न परियोजनामा संलग्न अधिकारीहरूको सहभागिता थियो।

mulpatra mulpatra mulpatra

अर्थमन्त्री खनाल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार वासिङ्टन डिसी पुगेका हुन्।