प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा तीन रिट, एमाले नजाने

काठमाडौँ– प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट परेका छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले अहिलेसम्म तीनवटा रिट पेस भइसकेको बताएका छन् ।
सर्वोच्च अदालतले मंगलबारदेखि नै रिट दर्ता गर्ने निर्णय गरेको हो । पहिलो दिन नै प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा रिट पेश भएको हो । तीनवटा रिट आइसके पनि दर्ता भइनसकेको र अध्ययन भइरहेको प्रवक्ता कोइरालाले बताएका छन् ।
प्रतिनिधि सभा विघटन र सरकार गठन असंवैधानिक ठहर गर्दै बदर गर्न रिटमा माग गरिएको छ । सरकारलाई असंवैधानिक घोषणा गर्न र संसद् पुनस्र्थापना गर्न माग गर्दै युवराज पौडेल ‘सफलले पनि रिट दायर गरेको बताइएको छ ।
एमालेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले पार्टी संस्थागत रूपमा रिट बोकेर अदालत नजाने बताएका छन् । जेन–जी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीले संसद विघटन गरेर निर्वाचनमा जाने निर्णय गरेकी थिइन् ।
सो निर्णयको विरोध गर्दै एमालेले सर्वोच्च जाने बताउँदै आएको थियो । यद्यपि, संसद विघटनविरुद्ध आज अरु रिट पेस भइरहँदा एमालेले भने सर्वोच्च नजाने बताएको हो । आज सर्वोच्चमा संसद विघटनविरुद्ध पाँचवटा रिट परेका छन् ।