Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा तीन रिट, एमाले नजाने

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा तीन रिट, एमाले नजाने
  • २८ आश्विन २०८२, मंगलवार १३:१२

काठमाडौँ– प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट परेका छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले अहिलेसम्म तीनवटा रिट पेस भइसकेको बताएका छन् ।

mulpatra

सर्वोच्च अदालतले मंगलबारदेखि नै रिट दर्ता गर्ने निर्णय गरेको हो । पहिलो दिन नै प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा रिट पेश भएको हो । तीनवटा रिट आइसके पनि दर्ता भइनसकेको र अध्ययन भइरहेको प्रवक्ता कोइरालाले बताएका छन् ।

प्रतिनिधि सभा विघटन र सरकार गठन असंवैधानिक ठहर गर्दै बदर गर्न रिटमा माग गरिएको छ । सरकारलाई असंवैधानिक घोषणा गर्न र संसद् पुनस्र्थापना गर्न माग गर्दै युवराज पौडेल ‘सफलले पनि रिट दायर गरेको बताइएको छ ।

mulpatra mulpatra mulpatra

एमालेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले पार्टी संस्थागत रूपमा रिट बोकेर अदालत नजाने बताएका छन् । जेन–जी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीले संसद विघटन गरेर निर्वाचनमा जाने निर्णय गरेकी थिइन् ।

सो निर्णयको विरोध गर्दै एमालेले सर्वोच्च जाने बताउँदै आएको थियो । यद्यपि, संसद विघटनविरुद्ध आज अरु रिट पेस भइरहँदा एमालेले भने सर्वोच्च नजाने बताएको हो । आज सर्वोच्चमा संसद विघटनविरुद्ध पाँचवटा रिट परेका छन् ।