Close

Recent Posts

संसद विघटनबारे दलहरुसँग छलफल गदै सभामुख

संसद विघटनबारे दलहरुसँग छलफल गदै सभामुख
  • २९ आश्विन २०८२, बुधबार १०:२३

काठमाडौं–सभामुख देवराज घिमिरेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बैठक जारी छ ।

mulpatra

सभामुख घिमिरेले संसद् विघटनबारे दलहरूको राय माग्न सर्वदलीय बैठक आयोजना गरेका हुन् । संसद पुनस्र्थापनाको माग लिएर सभामुख अदालत जानुपर्छ कि जानु पर्दैन सभामुखले दलहरूको धारणा लिन लागेका हुन् ।

विघटित प्रतिनिधि सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) थिए ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमत पार्टी पनि रहेका थिए । रास्वपा भने सभामुखसँगको छलफलमा अनुपस्थित छ ।

दलहरूको धारणा लिएपछि पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग समेत छलफल गर्ने सभामुखको तयारी छ । पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग छुट्टाछुट्टै छलफल हुनेछ ।

प्रतिनिधि सभा विघटन विरुद्ध अदालत जाने सम्बन्धमा सभामुखलाई भने दुवै खाले सुझाव सरोकारवालाहरूले दिएका छन् । अब दलहरू, पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीको धारणा लिएर निर्णय लिने सभामुखको तयारी छ ।