ओलीलाई गुण्डुबाट जावलाखेलसम्म युवा संघको स्कर्टिङ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय युवा सङ्घले मोटरसाइकल स्कर्टिङ गरेर जावलाखेलसम्म पुर्याएको छ । जावलाखेल स्थित पार्टी प्यालेस (रामबाग महल)मा केन्द्रीय समितिकै बैठक बस्दै छ ।
गुण्डुबाट मोटरसाइकलमा स्कर्टिङ गर्ने कार्यक्रम तय भएसँगै ललितपुर प्रहरीले ¥याली नगर्न आग्रह गरेको छ । जावलाखेल स्थित भनिमण्डलमा रहेको पार्टी प्यालेसमा बुधवार मध्यान्ह बैठक बस्ने भनिएको छ । केन्द्रीय समिति बैठक हुने स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।