संसद् पुनस्थापनाको प्रयास जनभावना विपरित भन्दै प्रसाईले गरे छठपछिको आन्दोलनमा सर्वपक्षीय आह्वान

संसद् पुनस्थापनाको प्रयास जनभावना विपरित भन्दै प्रसाईले गरे छठपछिको आन्दोलनमा सर्वपक्षीय आह्वान
  • २९ आश्विन २०८२, बुधबार १६:५१

काठमाडौं– सभामुख देवराज घिमिरेले राखेको दलहरूको बैठकले संसद् विघटनबारे अलोकतान्त्रिक र असंवैधानिक भएको निष्कर्ष निकालेको छ । तर नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले भने यसको विरोध गरेका छन् ।

mulpatra

जेनजी आन्दोलनपछि भएको घटनाक्रमलाई विश्लेषण गर्दै उनले मुलुकलाई निकासतर्फ अघि बढ्न सर्वपक्षीय प्रयत्नलाई अघि बढाउन आह्वान गरेका हुन् ।

आन्दोलनपछिको जटिल परिस्थितिमा ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारीसहित सरकार गठन भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले ९ असोजमा राष्ट्रका नाममा सम्बोधन गर्दा निर्वाचन धाँधलीरहित र सबैलाई भाग लिने वातावरणसहितको हुने दाबी गरेकी थिइन् । तर निर्वाचनभन्दा पनि पहिला संसद् पुनस्थापान गर्नुपर्ने माग पार्टीहरुले अघि सारेका छन् ।

mulpatra mulpatra mulpatra

गत भदौ २३ र २४ गते जेनजीले उठाएका माग विगत ३ वर्षदेखि उठाउँदै आइरहेको एजेण्डा भएकाले विद्रोहको उठान ठिक भएपनि विदेशी साम्राज्यवादी तथा प्रतिक्रियावादी शक्तिले आफू अनुकूल प्रयोग भइरहेको विषयमा सबै चनाखो हुनुपर्ने उनको आग्रह छ । जेनजी आन्दोलनपछि देशमा लोकतन्त्रका नाममा कमाइखाने युग अन्त्य भएपनि यसको व्यवस्थापना कमजोर भएको उनको आरोप छ ।

सबै पक्षकाबीचमा भेटघाट र वार्तामार्फत देशका लागि सोच्न उनका आह्वान छ । देशलाई युद्धमा धकेल्ने र देशलाई अँध्यारो सुरुङतिर लाने दुष्प्रयास भइरहेको उनको आरोप छ । ‘यसका कारण अहिले सर्वपक्षीय सहकार्य आवश्यक छ । वर्तमान परिस्थितिका गम्भीरतालाई सबै पक्षबाट केलाऔँ । वार्तामा हाम्रो साझा नीति र कार्यक्रम निर्धारण गरौं ।’ उनले भने । सर्वपक्षीय र सर्वदलीय सहमति निर्माणबिना नेपालमा मुहार फेर्न समस्या हुने प्रसाईले बताए ।

उनले यो पार्टी त्यो पार्टी र यो संस्था र संघ नभनि देशका लागि आन्दोलनमा सहभागि हुन सबैलाई आग्रह गरे । मैले देशका लागि आन्दोलन गरेको हुँ । परे सबै व्यवसायी, राजनीतिक दलका नेता र अन्य सबैलाई आफनो आन्दोलनमा सहभागि हुने आग्रह गरेका छन् ।

Image Source: © https://mulpatra.com

चुनाव भएन भने सरकारको अवस्था के हुन्छ ? जेन–जीको आन्दोलन कता जान्छ ? यी सबै विषयलाई गम्भीर भएर चुनावको वातावरण बनाउने काममा सबै पक्ष लाग्नुपर्ने उनको भनाइ छ ।

आन्दोलनलाई विदेशी साम्राज्यवादी तथा प्रतिक्रियावादी शक्तिहरूले आफू अनुकूल प्रयोग गरी विध्वंस गरियो । त्यसैले राष्ट्रियता खतरामा बढ्दो छ । त्यही भएर नेतृत्व दक्ष र कुशल तथा नेपाली जनताले विश्वास गरेको व्यक्ति ल्याउनुपर्ने उनको आग्रह छ ।

देशमा शान्ति स्थापनाका लागि हामी सबै लाग्नुपर्ने र जेनजी पुस्ताको आन्दोलनको मौका पारेर देशी विदेशी प्रतिक्रियावादीहरूले गरेको अपराधको पनि समीक्षा गरी अघि बढ्नुपर्ने प्रसाई बताउँछन् ।