जेनजी विद्रोहबारे ओली– राज्य संयन्त्रकै प्रयोग गरेर सजिलै रोक्न सक्थे, केही कारणवस सकिन

जेनजी विद्रोहबारे ओली– राज्य संयन्त्रकै प्रयोग गरेर सजिलै रोक्न सक्थे, केही कारणवस सकिन
  • २९ आश्विन २०८२, बुधबार १३:०७

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओली लोकतन्त्रको रक्षा जनता बाहेक अरूबाट हुन नसक्ने बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै २३ र २४ गतेको घटना लामो प्रयासपछि भएको जिकिर गरे ।

mulpatra

एमालेको आजबाट सुरु केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पहिले पनि पटकपटक त्यस्ता घटना गराउने प्रयास भएको चर्चा गरे । ‘यत्रो घटना हुँदा पनि कसरी थाहा भएन भन्नु हुन्छ साथीहरु,’ ओलीले भने, ‘पहिलेदेखि नै थाहा थियो। चैत १५ गते यस्तै घटना गराउन खोजिएको थिएन?

उनीहरूको प्रयास निरन्तर भइरहेको थियो। सधैं रोक्ने गरिएको थियो। यसपटक रोक्न सकिएन। थाहा नभएको होइन।’

mulpatra mulpatra mulpatra

ओलीले थपे, ‘यस्ता घटना आकस्मिक हुनसक्ने रहेछ, सानो कुरा पनि बढ्ने रहेछ, उनीहरूले प्रयास गरिरहेका थिए, हामीलाई रोक्ने सक्छौँ भन्ने थियो । ठुलो कुरै थिएन, राज्य संयन्त्रकै प्रयोग गरेर सजिलै रोक्न सकिन्थ्यो । तर सकिएन । जनताको प्रयासबाट रोक्नुपथ्र्यो, लोकतन्त्र राज्यले होइन, जनता लडेर ल्याएका हुन् । जनताले नै बचाउने हुन्।’

उनले भने, ‘यत्रो घटनाको कसरी थाहा भएन भन्नुहुन्छ साथीहरू, उहिल्यैदेखि प्रयास भएकै छ त । चैत १५ गते पनि सिंहदरबारमा जान खोजेका होइनन् ? यी सबै कुराहरू भनिएका थिए, थाहा नपाएको भन्ने होइन, तर त्यसै दिन यो स्तरमा पुग्छ भन्ने थियो, त्यो उनीहरूको प्रयास थियो, विगतमा रोक्ने गरिएको थियो, विभिन्न कारणले रोक्न सकिएन ।’

उनले अब त्यस्ता गतिविधिप्रति सचेत रहेर पार्टीले पनि आफ्नो तयारी अवस्थामा बस्नुपर्ने बताए । उनले संविधानमा भएको हमलालाई निस्तेज पारेर रक्षा गर्न केन्द्रित हुनुपर्ने बताए ।

Image Source: © https://mulpatra.com