एमाले बैठकमा ओलीको प्रस्तावः देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन आन्दोलन

काठमाडौं । नेकपा (एमाले)को आज सुरु केन्द्रिय कमिटिमा अध्यक्ष ओलीले विशेष प्रस्ताव राख्दै आन्दोलन गर्ने घोषणा गरेका छन् । बुधबार ललितपुरको जावलाखेलमा जारी बैठकमा अध्यक्ष ओलीले १५ बुँदे विशेष प्रस्ताप पेश गरेका हुन् ।
उनको विशेष प्रस्तावमा देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन आन्दोलन आवश्यक रहेको बताउँदै भनेका छन् ‘”सरकारको संरक्षणमा भइरहेका ज्यादती र उल्टो गतिका विरुद्ध एवं विघटीत संसदको पुनस्र्थापना गर्दै देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलनको विकल्प नरहेको हाम्रो पार्टीको निष्कर्ष पनि हामी स्पष्ट पार्न चाहान्छौं ।”
उनले आन्दोलनका लागि सबै तहका पार्टी पंक्ति र कार्यकर्तालाई जनपरिचालन र जनआन्दोलनका विभिन्न कार्यक्रमहरु तय गर्दै अघि बढ्न आव्हान समेत गरेका छन् ।