Close

Recent Posts

जेन–जी आन्दोलनमा दमन गर्ने ओली र लेखकमाथि छानबिन गर्न लिङ्देनको माग

जेन–जी आन्दोलनमा दमन गर्ने ओली र लेखकमाथि छानबिन गर्न लिङ्देनको माग
  • २९ आश्विन २०८२, बुधबार १६:३४

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा भएको दमनमा संलग्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग गरेका छन् ।

mulpatra

उनले उक्त घटनामा भएको दमनको छानबिनपछि दोषीलाई कारबाही पनि हुनुपर्ने उल्लेख गरे । सञ्चारकर्मीसँग बुधबार काठमाडौंमा कुराकानी गर्दै लिङ्देनले २०४६ सालपछि उच्च नेतृत्वमा रहेका राजनीतिक व्यक्ति, कर्मचारी र उनका नातेदारको सम्पत्ति छानबिन हुनुपर्ने दोहो¥याए ।

लिङ्देनले उच्च पदमा रहेका अधिकांश व्यक्तिहरू भ्रष्टाचारमा मुछिएको र विवादमा परेका कारण सम्पत्ति छानबिन हुनुपर्ने दाबी गरे ।