Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

जेनजी आन्दोलनमा लेखा–स्रेस्ता क्षति भए÷नभएको विवरण ३ दिनभित्र बुुझाउन मन्त्रालयको परिपत्र

जेनजी आन्दोलनमा लेखा–स्रेस्ता क्षति भए÷नभएको विवरण ३ दिनभित्र बुुझाउन मन्त्रालयको परिपत्र
  • ३० आश्विन २०८२, बिहीबार ०७:४०

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेनजी आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालयका लेखा शाखामा रहेका स्रेस्ता र अभिलेख क्षति भए वा नभएको विवरण तीन दिनभित्र पठाउन परिपत्र गरेको छ ।

mulpatra

मन्त्रालयले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त पत्रका आधारमा राष्ट्रिय किताबखाना, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, आदिवासी जनजाति उत्थान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, तराई–मधेश समृद्धि कार्यक्रम, साथै देशभरका जिल्ला समन्वय समितिको कार्यालयलाई उक्त विवरण पठाउन परिपत्र गरेको हो ।

महालेखापरीक्षकको कार्यालयले असोज २३ र २४ गतेको जेनजीको आन्दोलनका क्रममा सरकारी संरचनामा क्षति पुगेको सूचनालाई दृष्टिगत गर्दै, लेखा शाखामा रहेका लेखापुस्तक, दस्ताबेज, अभिलेख र श्रेस्तामा क्षति भएको वा नभएको अवस्थाबारे विवरण मन्त्रालयसँग मागेको थियो । त्यसै पत्रका आधारमा मन्त्रालयले सम्बन्धित निकायलाई तत्काल विवरण पठाउन परिपत्र गरेको हो ।

mulpatra mulpatra mulpatra

मन्त्रालय गरेको परिपत्रमा भनिएको छ, ‘मिति २०८२ असोज २३ को पत्रअनुसार आन्दोलनका क्रममा लेखा शाखाका स्रेस्ता क्षति भए वा नभएको विवरण तपसिलमा उल्लिखित ढाँचामा तयार गरी तीन दिनभित्र मन्त्रालयको इमेल ठेगानामा पठाउनुपर्नेछ।’

मन्त्रालयका लेखा अधिकृत सुमन मरासिनीले हस्ताक्षर गरेको उक्त पत्रमा तोकिएको म्यादभित्र विवरण नआएमा निरीक्षण र प्रतिवेदन तयार पार्ने कार्यमा ढिलाइ हुने भन्दै समयमै विवरण पठाउन सम्बद्ध निकायलाई सचेत गराइएको छ ।

आन्दोलनका क्रममा केही कार्यालयमा तोडफोड र आगलागीका कारण महत्त्वपूर्ण लेखा अभिलेख र आर्थिक विवरण क्षति भएको आशंका गरिएको छ । मन्त्रालयले त्यसको वस्तुस्थितिबारे यथाशीघ्र तथ्यांक संकलन गरी महालेखापरीक्षकको कार्यालयमा पठाउने तयारी गरेको जनाएको छ ।

Image Source: © https://mulpatra.com

मन्त्रालयले जारी गरेको पत्रमा संघीय निकायका लेखा शाखालाई अभिलेख सुरक्षा, दस्ताबेजको डिजिटल प्रतिलिपि राख्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सतर्क रहन समेत आग्रह गरिएको छ ।