टी–२० विश्वकप मा छनौट भयो नेपाल
काठमाडौं । टी–२० विश्वकप छनौटमा नेपाल परेसँगै दोश्रोपटकको इतिहास रचेको छ । आईसीसी टी–२० विश्वकप एसियाको शीर्ष तीनमा रहेसँगै नेपाल अर्को बर्ष हुने टी–२० विश्वकपमा छनौट भएको हो ।

सन् २०२६ को फेब्रुअरीबाट भारत र श्रीलंंकामा हुने आइसिसी टी–२० विश्वकपका लागि नेपाल परेसँगै नेपाली क्रिकेट टिमले सबैको मन जित्न सफल भएको छ । यसअघि नेपालले २०२४ र सन् २०१४ को टी(२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो।
ओमानमा भइरहेको एसिया एन्ड इएपी छनोटमा शीर्ष तीनमा रहेकाले अर्को वर्ष हुने टी–२० विश्वकपमा टिकट पक्का गरेको हो।
अंकको आधार दोश्रो स्थानमा रहेको नेपालले ६ अंक प्राप्त गरेको थियो । सुपुर सिक्स अन्र्ततगतको तीन टोली छनौट हुनेमा ६ अंक नेपालले जोडिसकेकोले नेपाल र ओमानको आज रातिको खेल अगावै नेपाल छनौट हुन सफल भएको हो ।
सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको नेपालले अझै इतिहास रच्ने मौका पाएको छ । वेष्ट इन्डिज विरुद्धको तीन खेलको टी–२०आई सिरिज २–१ ले जितेको थियो ।
एसियाबाट ६ र इएपीबाट ३ गरी ९ टिम सहभागी खेलमा नेपाल, ओमान, पपुवा न्यु गिनी, युएई, कतार, मलेसिया, कुवेत, जापान र सामोह सहभागी थिए ।
३–३ टिमको समुह बनाएको समुह चरणमा नेपालले २ बोनस अंक सहित ६ अंक बनाएकोले विश्वकपमा प्रतिस्पर्धाका लागि छनौटमा परेको हो ।
