टी–२० विश्वकप मा छनौट भयो नेपाल
काठमाडौं । टी–२० विश्वकप छनौटमा नेपाल परेसँगै दोश्रोपटकको इतिहास रचेको छ । आईसीसी टी–२० विश्वकप एसियाको शीर्ष तीनमा रहेसँगै नेपाल अर्को बर्ष हुने टी–२० विश्वकपमा छनौट भएको हो ।

सन् २०२६ को फेब्रुअरीबाट भारत र श्रीलंंकामा हुने आइसिसी टी–२० विश्वकपका लागि नेपाल परेसँगै नेपाली क्रिकेट टिमले सबैको मन जित्न सफल भएको छ । यसअघि नेपालले २०२४ र सन् २०१४ को टी(२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो।
ओमानमा भइरहेको एसिया एन्ड इएपी छनोटमा शीर्ष तीनमा रहेकाले अर्को वर्ष हुने टी–२० विश्वकपमा टिकट पक्का गरेको हो।
![]() |
![]() |
![]() |
|---|
अंकको आधार दोश्रो स्थानमा रहेको नेपालले ६ अंक प्राप्त गरेको थियो । सुपुर सिक्स अन्र्ततगतको तीन टोली छनौट हुनेमा ६ अंक नेपालले जोडिसकेकोले नेपाल र ओमानको आज रातिको खेल अगावै नेपाल छनौट हुन सफल भएको हो ।
सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको नेपालले अझै इतिहास रच्ने मौका पाएको छ । वेष्ट इन्डिज विरुद्धको तीन खेलको टी–२०आई सिरिज २–१ ले जितेको थियो ।
एसियाबाट ६ र इएपीबाट ३ गरी ९ टिम सहभागी खेलमा नेपाल, ओमान, पपुवा न्यु गिनी, युएई, कतार, मलेसिया, कुवेत, जापान र सामोह सहभागी थिए ।
Image Source: © https://mulpatra.com
३–३ टिमको समुह बनाएको समुह चरणमा नेपालले २ बोनस अंक सहित ६ अंक बनाएकोले विश्वकपमा प्रतिस्पर्धाका लागि छनौटमा परेको हो ।



