ओलीलाई अध्यक्ष छोडेर आराम गर्नुहोस् भन्दै रविन, रचना र साहले केन्द्रीय कमिटी बैठकमा दिए सुझाव
काठमाडौं– नेकपा एमालेको जारी केन्द्रीय कमिटी दोस्रो बैठकमा बोलेका केही नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई पद त्याग गर्न सुझाव दिएका छन् ।

आजको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रममा ओलीलाई बिदा गर्ने र अहिलेकै पदाधिकारीमध्ये कुनै एकजनालाई संयोजक तोकेर महाधिवेशनमा जानुपर्ने आवाज उठेको हो ।
लतिलपुरको भनिमण्डलमा बसिरहेको बैठकमा नेताहरूद झापाका रविन कोइराला, रचना खड्का र रामलाल साहले अध्यक्ष छोडेर आराम गर्न भनेका हुन् । कोइरालाले अध्यक्ष छोडेर आराम गर्न भनेका थिए भने रामलाल साहले बिदा लिनुहोस् भन्ने सुझाव दिएका थिए ।
![]() |
![]() |
![]() |
|---|
अहिलेको अवस्था मात्र होइन । अन्य अवस्थामा पनि तँपाईले आराम गर्ने बेला आएको उनको सुझाव थियो । अन्यथा एकपटक नेतृत्वमा पुगेपछि सकुञ्जेल र बाचुञ्जेल, पार्टी अस्थायी व्यक्ति स्थायी जस्तो चिन्तनको विकास हुँदो रहेछ । यो पथ अन्त्य हुनुपर्ने उनको माग पनि छ ।
यस्तो धारणा राख्ने केन्द्रीय सदस्य रबिन कोइराला हुन् । उनले भने, ‘अध्यक्ष कमरेड अब तपाईंले बिदा लिनुस् र अभिभावक बन्नुस् । महाधिवेशनका लागि भएकै पदाधिकारीमध्येबाट एक जना संयोजक तोकेर जाऔं ।’
‘हामी यत्रो विध्वंसपछि यहाँ छौ । यो विध्वंस हुँदा हाम्रो पार्टी अध्यक्ष देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । यसबखत आएको प्रतिवेदनमा सामान्य आत्मालोचना पनि छैन । यो विडम्बनापूर्ण छ,’ उनले भने ।
Image Source: © https://mulpatra.com
आफूले गरेको गल्ती महसुस नगरेको भन्दै उनले अध्यक्ष ओलीप्रति कटाक्ष गरे । लेनिनको भनाइ उद्धृत गर्दै उनले भने, ‘जो व्यक्तिले आफ्नो गल्ती महसुस गर्दैन त्यो मानिस होइन ।’
यद्यपि उनीहरुको भाषा भने फरक फरक थियो। यद्यपि उनीहरुको भाषा भने फरक फरक थियो । केन्द्रीय सदस्य रचना खड्काले दुई कार्यकालको व्यवस्था फेरि कार्यान्वयनमा ल्याउन आग्रह गरेर ओलीले पद त्याग्नुपर्ने बताएकी थिइन् ।
“अहिले मुलुकमा जे भइरहेको छ, जो विकल्प हुँ भन्दै आएका छन्, ती कुनै विकल्प होइनन् । उनीहरू षड्यन्त्रका पात्रमात्र हुन् । एमाले नै नेता पार्टी हो र पार्टीलाई बलियो बनाउन सकिन्छ, अब कमरेड अध्यक्ष पार्टीको अभिभावक बनेर बस्नुपर्छ । यसले कमरेडले पार्टी र देश निर्माणमा गर्नु भएको योगदानलाई जीवित राख्न र पार्टीलाई पुनर्जीवन दिन समेत महत्त्वपूर्ण अर्थ राख्नेछ,“ उनले भनिन् ।
परिवर्तित सन्दर्भले निर्माण गरेको चुनौती सामनागरि पार्टीलाई बलियो बनाउनका लागि विधानमा दुई कार्यकाल र उमेर हदलाई पुनव्यर्वस्था गरेर जानुपर्ने उनको माग छ ।



