जनताको आक्रोश एमालेमाथि भन्दा पनि पार्टी अध्यक्ष ओली माथि रहेको होः अरविन्द सिंह

जनताको आक्रोश एमालेमाथि भन्दा पनि पार्टी अध्यक्ष ओली माथि रहेको होः अरविन्द सिंह
  • १ कार्तिक २०८२, शुक्रबार १३:५३

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य अरिन्द सिंहले जेनजी आन्दोलनमा जनताको आक्रोश एमालेमाथि भन्दा पनि पार्टी अध्यक्ष ओली माथि रहेको बताएका छन् । ललितपुरामा जारी केन्द्रिय समिति बैठकमा आफ्ना कुरा राख्दै केन्द्रिय सदस्य अरविन्द सिंहले उक्त कुरा गरेका हुन् ।

mulpatra

ललितपुरमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमाथि धारणा राख्ने क्रममा उनले भने ‘वर्तमान अवस्थामा जनताको आक्रोश नेकपा एमालेमाथि भन्दा पनि पार्टी अध्यक्ष, उनका अभिव्यक्ति र उनलाई घेराबन्दीमा राखेर चलाउने समुहमाथी रहेकोले त्यो यथार्थलाई आत्मसात गर्दै जिम्मेवारी हस्तान्तरण गरेर मार्ग प्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एक मात्रै उपाय हो।’

बुँदागत रुपमा राखिएको धारणामा पार्टीको विश्लेषण २ दिन नहुँदै गलत सावित हुने परिस्थितिमा पार्टी वस्तुनिष्ट ढंगले नचलाएको समेत बताएका छन् । त्यहि भएर २४ गतेको विध्वंस २३ गतेको नरसंहारको प्रतिक्रिया हो जसमा घुसपैठ भयो। जुन घटनालाई विदेशी षड्यन्त्रको सिद्धान्त जस्ता अमुर्त कुरा मात्रै भनेर आफ्नो अकर्मण्यता ढाकछोप गर्दा त्यो समीक्षा फेरि सतही हुन्छ। विस्तृत र वस्तुनिष्ठ विश्लेषण जरुरी छ। उनले भनेका छन् ।

mulpatra mulpatra mulpatra

पार्टी केन्द्रिय कमिटिमा सरकारबाट भ्रष्टाचार आरोपितहरु समेत रहेको बताउँदै प्रश्न गरेका छन् ‘भ्रस्टाचार र व्यभिचारका डेढ दर्जन भन्दा बढी आरोपहरुमा आरोपितहरु हामी यहीँ छौँ । त्यसको छानबिन गरेर कार्वाही गर्ने बारेमा पार्टीले संस्थागत ढंगले कहिले बोल्ने कि बोल्दै नबोल्ने ?’

युवा विद्यार्थी र आम जनता स्वतस्फूर्तरुपमा सरकारका विरुद्धमा सडकमा आउनु प्रतिक्रान्ति नहुने समेत उनले बताएका छन् । सोही क्रममा कुशासन र भ्रष्टाचारको विरुद्ध गरिने सडक संघर्षहरुका कारण सत्ताच्युत हुने कुरालाई प्रतिगमन भन्न मिल्छ समेत नमिल्ने उनको तर्क छ ।

विगतमा पार्टी अध्यक्ष ओलीले नै दुई दुई पटक संसद विघटन गरेकोले संसद पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जादा आम जनताका बिच घृणा र हासोको पात्र हुने भन्दै कमजोरी सच्याउदै चुनावमा जानुको विकल्प नरहेको बताएका छन । आफ्ना कुरा राख्ने क्रममा उनले पार्टी पुर्व अध्यक्ष, विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गरि पार्टी काममा फर्किने वातावरण बनाउन माग गरेका छन् ।

Image Source: © https://mulpatra.com