सरकारले थुन्ने तयारी गरिरहेको ओलीको आरोप
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार आफूलाई जसरी हुन्छ थुन्ने प्रयासमा रहेको आरोप लगाएका छन् ।

जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले जेनजीको मागका नाममा सरकारले आफूलाई थुन्ने प्रयास गरिरहेको बताएका हुन्।
’केपी ओलीलाई कसरी थुन्न सकिन्छ भनेर गृहमन्त्रीले सल्लाह र छलफल गर्नुभयो। कहीँकतै केही भेटिएन। हिजो जेनजीहरूले मान्दै मानेनन्, केपी ओलीलाई त जसरी पनि थुन्नुपर्छ भनेर सरकार निरन्तर प्रयासमा छ,’ बैठकमा उठेका प्रश्नको जवाफ दिनेक्रममा उनले भने, ’जेजनीले यो माग गरेका छैनन्। तर सरकारमा भएकाहरू जेनजीको माग भनेर दाबी गरिरहेका छन्। जेनजीले हामी दलविरुद्ध छैनौँ, संविधानविरुद्ध छैनौँ भनेका छन्।’
![]() |
![]() |
![]() |
|---|
उनले आफूलाई नरम शैलीमा बोल्न आग्रह गरेका नेताहरूप्रति आक्रोश पोखे। उनले भने, ’साथीहरूले नरम भाषा बोल्नुस् भन्नुभएको छ, यसमा चिनी थपिदिऊँ?’



