कूटनीतिक नियोगका प्रतिनिधिसँग प्रधानमन्त्रीले चुनाबमा सहयोगको अपेक्षा राखिन

कूटनीतिक नियोगका प्रतिनिधिसँग प्रधानमन्त्रीले चुनाबमा सहयोगको अपेक्षा राखिन
  • १ कार्तिक २०८२, शुक्रबार १७:२१

काठमाडौं– प्रधानमन्त्री सुशील कार्कीले वर्तमान सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु रहेको बताएकी छन् । फागुन २१ गतेको निर्वाचनमा विदेशमा रहेका सबै नेपाली नागरिकलाई मतदानमा भाग लिन लगाउने विषयमा पनि आफूले छलफल गरिरहेको कुरा पनि प्रधानमन्त्री कार्कीले राजदूतहरुसँग गरेकी परराष्ट्र मन्त्रालयले जनाएको छ ।

mulpatra

शुक्रबार अपरान्ह सिंहदरबारमा नेपालस्थित विभिन्न देशका राजदूत तथा कुटनीतिक नियोग प्रमुखहरुसँग पहिलो पटक सामुहिक भेटगरी उनले आफू नेतृत्वको अन्तरिम सरकारको कामको प्राथमिकताबारे ब्रिफिङ गरेकी हुन् ।

परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले नेपालको विदेश सम्बन्ध र त्यसका नीतिका बारेमा पनि आफ्नो धारणा राखेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । त्यस अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचनमा सहयोगको अपेक्षा गरिएको पनि बताइन् ।

mulpatra mulpatra mulpatra

चुनाव महत्वपूर्ण प्राथमिकता भएको हुनाले चुनावसँग सम्बन्धित मूलतः ३ वटा विषयहरु एउटा सहयोग, सद्भावको विषय, दोस्रो यो चुनावमा जुन विदेशी पर्यवेक्षकहरु मोविलाईज गर्ने कुरा हुन्छ । त्यो विषयमा पनि कुरा भएको हो ।

उनले निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षक परिचालन र विदेशमा रहेका सबै नेपालीहरुलाई पनि मतदानमा सहभागी गराउने विषयमा पनि छलफल भइरहेको बताएकी थिइन् । प्रधानमन्त्री कार्कीसँगको भेटमा नेपालस्थित विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी भएका थिए ।