Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

७ वटा गाडी ठोक्किएर अवरुद्ध मुग्लिन–नारायणघाट सडक सन्चालनमा

७ वटा गाडी ठोक्किएर अवरुद्ध मुग्लिन–नारायणघाट सडक सन्चालनमा
  • २ कार्तिक २०८२, शनिबार १०:४२

काठमाडौं । मुग्लिङ–नारायणगढ सडक खण्डको गाईघाटमा ७ वटा गाडी ठोक्किएर अवरुद्ध सडक खुलेको छ । गाडी दुर्घटनामा घाइते भएका २३ जनालाई नेशनल सिटी, चितवन मेडिकल कलेज र जनता केयर अस्पतालमा उपचार भइरहेको छ । केही घाइते प्राथमिक उपचार पछि डिस्चार्ज भएका छन् ।

mulpatra

दुर्घटना पछि पुर्णरुपमा अवरुद्ध सडकमा दुर्घटनामा परेको गाडी हटाउन सडक डिभिजन चितवनको लोडर प्रयोग गरि सडक सुचारु गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ७ः४० मा दुर्घटना भएको थियो ।

mulpatra mulpatra mulpatra

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख ६६२९ नम्बरको ट्रक र विपरीत तर्फबाट जाँदै गरेको बा४ख ७४२० नम्बरको बस जुधेपछि त्यसको पछि भएका गाडीहरु आएर ठोक्किएको कार्यालयले जनाएको छ । बस र ट्रक जुधेपछि बसको पछाडि ना७ख ९६०७ नम्बरको टेलर, त्यस पछाडि बा प्र ०६–००१ ग ०४८४ नम्बरको इलेक्टिक माइक्रो, त्यस पछाडि ग२ख १६२६ नम्बरको बस, त्यस पछाडि ना३च ३२५६ नम्बरको बलेरो, त्यस पछाडि बिएबी ८४७० नम्बरको कार ठोक्किएका थिए ।