७ वटा गाडी ठोक्किएर अवरुद्ध मुग्लिन–नारायणघाट सडक सन्चालनमा

७ वटा गाडी ठोक्किएर अवरुद्ध मुग्लिन–नारायणघाट सडक सन्चालनमा
  • २ कार्तिक २०८२, शनिबार १०:४२

काठमाडौं । मुग्लिङ–नारायणगढ सडक खण्डको गाईघाटमा ७ वटा गाडी ठोक्किएर अवरुद्ध सडक खुलेको छ । गाडी दुर्घटनामा घाइते भएका २३ जनालाई नेशनल सिटी, चितवन मेडिकल कलेज र जनता केयर अस्पतालमा उपचार भइरहेको छ । केही घाइते प्राथमिक उपचार पछि डिस्चार्ज भएका छन् ।

mulpatra

दुर्घटना पछि पुर्णरुपमा अवरुद्ध सडकमा दुर्घटनामा परेको गाडी हटाउन सडक डिभिजन चितवनको लोडर प्रयोग गरि सडक सुचारु गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ७ः४० मा दुर्घटना भएको थियो ।

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख ६६२९ नम्बरको ट्रक र विपरीत तर्फबाट जाँदै गरेको बा४ख ७४२० नम्बरको बस जुधेपछि त्यसको पछि भएका गाडीहरु आएर ठोक्किएको कार्यालयले जनाएको छ । बस र ट्रक जुधेपछि बसको पछाडि ना७ख ९६०७ नम्बरको टेलर, त्यस पछाडि बा प्र ०६–००१ ग ०४८४ नम्बरको इलेक्टिक माइक्रो, त्यस पछाडि ग२ख १६२६ नम्बरको बस, त्यस पछाडि ना३च ३२५६ नम्बरको बलेरो, त्यस पछाडि बिएबी ८४७० नम्बरको कार ठोक्किएका थिए ।