रास्वपाले थप्यो चार जना सचिवालय सदस्य

रास्वपाले थप्यो चार जना सचिवालय सदस्य
  • ३ कार्तिक २०८२, आईतवार ०५:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चार जना सचिवालय सदस्य थप गरेको छ । थप गरिएका नयाँ सचिवालय सदस्यहरुमा गणेश पराजुली, शिशिर खनाल, सोबिता गौतम र हरि ढकाल रहेका छन् ।

mulpatra

पार्टी सभापति रवि लामिछानेले सिफारिस गरेपछि प्रस्तावका रुपमा शनिबार सचिवालय बैठकमा प्रस्ताव पेश गरिएको थियो । सचिवालय बैठकले उक्त प्रस्ताव पारित गर्दै उनीहरुलाई सचिवालय सदस्य बनाउने निर्णय गरेको हो ।
थपिएका नयाँ चार सहित रास्वपाको सचिवालय सदस्य १३ पुगेको छ।

सचिवालय सदस्यका रुपमा थपिएका चारै जना प्रत्यक्ष निर्वाचित सांसद थिए । रास्वपाका पार्टी सभापति रवि लामिछाने जेलमा रहेका कारण कार्यवाहक सभापतिका रुपमा डिपी अर्याल रहेका छन् ।

mulpatra mulpatra mulpatra