Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

तिहारमा मौसम: भाइटीकासम्म सफा हुने पूर्वानुमान

तिहारमा मौसम: भाइटीकासम्म सफा हुने पूर्वानुमान
  • ४ कार्तिक २०८२, सोमबार ०८:४१

काठमाडौं– यस वर्षको तिहारमा मौसम सामान्य रहने छ । तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि नेपालको मौसम प्रणालीमा पश्चिमी वायुका प्रभाव रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

mulpatra

तिहारको समयमा पहाडका भूभागमा भने आंशिकदेखि साधारणतया बदलीसम्म हुन सक्ने तथा उच्च हिमाली भूभागमा हल्का वर्षारहिमपातको समेत सम्भावना रहने सम्भावना रहेको छ।

कार्तिक ३ (लक्ष्मी पूजा): देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

mulpatra mulpatra mulpatra

कार्तिक ४ (औंसी): देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

कार्तिक ५ (गोवर्धन पूजा): देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हल्का वर्षा ÷ हिमपातको सम्भावना रहेको छ ।

कार्तिक ६ (भाई टिका): कोशी र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । सबै प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा ÷ हिमपातको सम्भावना रहेको छ ।

Image Source: © https://mulpatra.com