Close

Recent Posts

तिहारमा मौसम: भाइटीकासम्म सफा हुने पूर्वानुमान

तिहारमा मौसम: भाइटीकासम्म सफा हुने पूर्वानुमान
  • ४ कार्तिक २०८२, सोमबार ०८:४१

काठमाडौं– यस वर्षको तिहारमा मौसम सामान्य रहने छ । तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि नेपालको मौसम प्रणालीमा पश्चिमी वायुका प्रभाव रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

mulpatra

तिहारको समयमा पहाडका भूभागमा भने आंशिकदेखि साधारणतया बदलीसम्म हुन सक्ने तथा उच्च हिमाली भूभागमा हल्का वर्षारहिमपातको समेत सम्भावना रहने सम्भावना रहेको छ।

कार्तिक ३ (लक्ष्मी पूजा): देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

कार्तिक ४ (औंसी): देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

कार्तिक ५ (गोवर्धन पूजा): देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हल्का वर्षा ÷ हिमपातको सम्भावना रहेको छ ।

कार्तिक ६ (भाई टिका): कोशी र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । सबै प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा ÷ हिमपातको सम्भावना रहेको छ ।