Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

तीन महिनामै सरकारको १८ प्रतिशत बजेट खर्च, पुँजीगत खर्च सुस्त

तीन महिनामै सरकारको १८ प्रतिशत बजेट खर्च, पुँजीगत खर्च सुस्त
  • ३ कार्तिक २०८२, आईतवार १९:१५

काठमाडौं– चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो तीन महिनामा सरकारले वार्षिक बजेटको झन्डै १८ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्ममा कुल ३ खर्ब ६४ अर्ब ५८ करोड रुपैयाँ बराबरको खर्च भएको छ । जुन कुल बजेटको १८.५६ प्रतिशत मात्र हो ।

mulpatra

सरकारले चालु आर्थिक वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो । तर, खर्चको गति भने अपेक्षाकृत सुस्त देखिएको छ । पुँजीगत खर्च नै कमजोर नै देखिएको छ । पहिलो त्रैमासिकमा पुँजीगत शीर्षकमा जम्मा १९ अर्ब १८ करोड रुपैयाँ मात्रै खर्च गरिएको छ । जुन वार्षिक लक्ष्यको केवल ४.७ प्रतिशत हो ।

सर्वसाधारण खर्च (चालु खर्च) भने तुलनात्मक रूपमा बढ्दो छ । असोज मसान्तसम्ममा चालु खर्चतर्फ २ खर्ब ५६ अर्ब ८० करोड रुपैयाँ अर्थात् २१.७५ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थासम्बन्धी खर्चतर्फ ८८ अर्ब ६० करोड रुपैयाँ खर्च भइसकेको छ । जुन वार्षिक लक्ष्यको २३.६१ प्रतिशत हो ।

mulpatra mulpatra mulpatra

राजस्व संकलनतर्फ पनि सरकार लक्ष्य अनुरूप अघि बढ्न सकेको छैन । चालु वर्षको तीन महिनामा कुल राजस्व संकलन २ खर्ब ५३ अर्ब १८ करोड रुपैयाँमा सीमित छ । जुन कुल लक्ष्यको १६.५१ प्रतिशत मात्र हो ।

आन्तरिक राजस्व संकलन केही सशक्त देखिए पनि अझै धेरै फड्को मार्न बाँकी छ । सरकारले यो वर्ष १४ खर्ब ८० अर्ब रुपैयाँ आन्तरिक स्रोतबाट उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म जम्मा २ खर्ब ४९ अर्ब ५ करोड रुपैयाँ उठ्न सकेको छ । जुन १६.८३ प्रतिशत हो ।

वैदेशिक अनुदान संकलन अझै कमजोर देखिएको छ । यो शीर्षकमा सरकारले ५३ अर्ब ४४ करोड रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको थियो । तर, अहिलेसम्म जम्मा दुई अर्ब ७२ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ । जुन कुल लक्ष्यको मात्र ३.७६ प्रतिशत हो । सरकारी खर्च र राजस्व संकलन दुवै पक्षमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रदर्शन सुस्त देखिएको छ ।

Image Source: © https://mulpatra.com