Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

म्हः पूजाः आत्म शुद्धि गर्न सिकाउने पर्व

म्हः पूजाः आत्म शुद्धि गर्न सिकाउने पर्व
  • ६ कार्तिक २०८२, बुधबार ०८:१५

काठमाडौं । तिहारको चौथो दिन कात्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदायले म्ह पूजा मनाउँदैछन्। आत्म शुद्धि गरि ज्ञानको ज्योति फैलियोस भन्ने कामना गर्दै नेवार समुदाय म्ह पूजा मनाउने गर्छन्।

mulpatra

म्ह पूजा चन्द्रमानक नेपाल सम्वत् अनुसारको नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पूजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ ।

हिन्दु परम्पराअनुसार व्यक्तिको शरिर परमात्माको घर भएकोले शरिलाई पवित्र गराई आराधना गर्ने गरिन्छ । हिन्दु धर्म अन्र्तगतका विभिन्न ग्रन्थहरुमा म्हपूजालाई स्वपूजा, स्वदेहपूजा, आत्मपूजाका नाममा उल्लेख भएको पाइन्छ ।

mulpatra mulpatra mulpatra

बौद्ध परम्परानुसार भगवान् बुद्धको उपदेशमा ईश्वर वा आत्माको अवधारणालाई नस्वीकारे पनि ‘म्हः पूजा’ लाई ‘आत्मपूजा’ भनी भन्न सकिने र यसले शाब्दिक रूपमा ‘आफू’ भन्ने अर्थमा प्रयोग गरेको बुझिन्छ । यस्तै शाब्दिक रूपमा ‘म्हःपूजा’को अर्थ शरीरको पूजा हो । नेवाः बौद्ध परम्परामा म्ह भन्नाले काय, वाक् र चित्तको एकात्मक अर्थमा लिइन्छ ।

नेवार भाषामा म्हपूजालाई ‘धलँ दनेगु’ भनि समेत सम्बोधन गरिन्छ जसको अर्थ व्रत अनुष्ठान हो । यस म्ह पूजामा अष्टमंगल चिन्हहरूको मण्डल बनाएर, पञ्चोपचार पूजा, बोधिचित्तोत्पाद, स्वस्तिवाक्य र मंगलाष्टव गाथा वाचन गरेर आफ्नो पूजा गरिन्छ ।

यस पुजा शुरू गर्न सर्वप्रथम घरको बुइगलमा वा अन्य खुला कोठाको भुईंमा रातो माटोले लिपेर चोखो बनाई एक एकवटा मण्डल बनाइन्छ। यस बाहेक सबैभन्दा माथि एक र सबैभन्दा मुनि एक गरी दुई वटा थप मण्डल देवताका लागि बनाइन्छ । यस बाहेक पानीले भरिएको गाग्री, नाङ्लो र कूचोको लागि पनि मण्डल बनाइन्छ । मण्डललाई रँगहरू प्रयोग गरी सिंगारिन्छ र फलफूल, धूप, फूल आदि सामग्रीहरूले सजाइन्छ ।

Image Source: © https://mulpatra.com

परिवारका सबै सदस्यहरू लहरै पलेटी कसेर मण्डल सबै मण्डलहरू पूजा गर्दछ । तत् पश्चात् सबैलाई दहिको सगुन दिइन्छ । त्यस पछि सवैले लामो कपडाको बत्ती मण्डल माथि बालिन्छ । बालिएको खेलु इताःले दिप्तमान् भइरहेको मण्डलको पूजा गरी आमाले सजाइएको विमिरा, अन्य फलफूल, जजंका, गोदावरी फूल र बत्ती सबैको हातहातमा दिइन्छ र सबै सदस्यले ती सामग्रीहरू निधारले ढोगी ग्रहण गरिन्छ ।

म्ह पूजाका लागि परिवारको सबै भन्दा जेठी आमाले पूजा अघि सारी आफ्नो आफै पुजा गर्न लगाइन्छ । आफ्नो प्रतिविम्व सार मण्डलमा चित्रित आफैले आफ्नो पुजा गरिन्छ र आफूलाई चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख आनन्दमय बनाउने र सुस्वास्थ्य दिर्घायुको कामना गर्ने गरिन्छ ।

त्यस पश्चात् प्रज्ञोपायस्वरूपी अण्डा र मत्स्यको सगुन लिएर म्हःपूजा गरिने प्रचलन छ ।