अजितले एवाईएस विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्यपदक, म्याक्सबक्सिङ प्रमोशनमार्फत नेपाली खेलाडी अन्तर्राष्ट्रिय स्तरमा चम्किँदै

अजितले एवाईएस विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्यपदक, म्याक्सबक्सिङ प्रमोशनमार्फत नेपाली खेलाडी अन्तर्राष्ट्रिय स्तरमा चम्किँदै
  • ३ कार्तिक २०८२, आईतवार १२:५७

ब्रिस्बेन (अस्ट्रेलिया)– अस्ट्रेलियाको ब्रिस्बेनमा जारी एवाईएस विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालका प्रो बक्सर अजित मगरले ऐतिहासिक कांस्य पदक जितेका छन्।

mulpatra

उदयपुर गाईघाटका अजित मगरले स्पेनी खेलाडीबाट बाई पाउँदै सेमिफाइनलमा प्रवेश गरेका थिए। तर सेमिफाइनलमा उनले अष्ट्रेलियाली खेलाडीसँग अंकमा पराजय बेहोरेपछि कांस्य पदकमा सीमित रहनुप¥यो। अजितले के–वान नियम अनुसार ७९ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए।

यो प्रतियोगितामा २२ देशका खेलाडीहरूले सहभागिता जनाएका थिए। बक्सिङसँगै किकबक्सिङ, मुवा थाई, एमएमए, कराते, जिउजित्सु लगायतका विधाहरूमा प्रतिस्पर्धा भएको थियो।

mulpatra mulpatra mulpatra

नेपालका अर्को प्रतिनिधि उमङ्ग खत्री (ललितपुर, विष्णुडोल) ५१ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै छन्। दुबै खेलाडीले ललितपुर बक्सिङ एकेडेमी र इमाडोल बक्सिङ क्लबमा तालिम लिएका हुन्। नेपाल बक्सिङ कमिसन टीम “म्याक्स बक्सिङ प्रमोशन” सँग सहकार्यमा अक्टोबर १५ देखि १९ तारिखसम्म ब्रिस्बेनमा भइरहेको प्रतियोगितामा सहभागी छ।

म्याक्स बक्सिङ प्रमोशनले नेपालभरका बालबालिकालाई बक्सिङमा प्रवर्धन र सिकाइ गर्दै आएको छ। ललितपुर बक्सिङ एकेडेमी, इमाडोल बक्सिङ क्लब र बेल बक्सिङ एकेडेमी जस्ता क्लबहरूबाट खेलाडी छनोट गरी नेपालका युवा प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चिनाउने अवसर दिइरहेको छ।

१४ पटकका राष्ट्रिय च्याम्पियन तथा अन्तर्राष्ट्रिय प्रशिक्षक म्याक्स बस्नेतले भने, “हाम्रा युवाहरूले देशले के दिएको छ भन्दा पनि देशका लागि के गर्न सक्छन् भन्ने सोच राख्नुपर्छ। खेलकुदले हामीलाई भाइचारा, भ्रातृत्व र एकताको सन्देश दिन्छ। यो जितले नेपाललाई विश्व स्तरमा नयाँ पहिचान दिनेछ भन्ने विश्वास छ।”

Image Source: © https://mulpatra.com

बस्नेतले आफ्नो फेसबुकमा लेखेका छन्, “यस वर्ष हामीले एउटा मात्र पदक जित्न सफल भयौं, तर अर्को वर्ष पक्कै पनि धेरै पदक जित्नेछौं। इटाली २०२६ मा भेटौँला — बक्सिङ,MMA, किकबक्सिङ, K1 — नेपाल अघि बढ्दैछ।”— नेपाल अघि बढ्दैछ।” यो पदकसँगै अजित मगर एवाईएस विश्व च्याम्पियनसिपमा पदक जित्ने पहिलो नेपाली बनेका छन्, जसले नेपाली बक्सिङ इतिहासमा नयाँ अध्याय लेखेको छ।