Close

Recent Posts

राजनीतिक उद्देश्य प्राप्त गर्न जेनजी विद्रोह असफल भएको बताउँदै सर्वपक्षीय सरकार बनाउन विप्लवको माग

राजनीतिक उद्देश्य प्राप्त गर्न जेनजी विद्रोह असफल भएको बताउँदै सर्वपक्षीय सरकार बनाउन विप्लवको माग
  • ३ कार्तिक २०८२, आईतवार १४:१६

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जेनजी विद्रोह राजनीतिक उद्देश्य प्राप्त गर्न असफल भएको बताएका छन् । केन्द्रीय समितिको विशेष बैठकको निर्णय आइतबार काठमाडौँमा सार्वजनिक गर्ने क्रममा विप्लवले उनीहरूको राजनीतिक उद्देश्य पुरा गर्न असफल भएको बताएका हुन् ।

mulpatra

‘जेनजी विद्रोहले सरकार, संसद् विघटन गर्न सफल भयो । अन्तरिम सरकार गठन भयो तर जेनजीले उठाएका माग पुरा भएन । सुशीला कार्की कसरी प्रधानमन्त्री बनिन्, मन्त्रीहरु कसरी बने भन्नेमा मतभेद छ । यत्रो विद्रोहपछि समस्याको हल हुनुपथ्र्यो । तर त्यसो नभई अर्को विद्रोह र अराजकतामा जाने खतरा देखियो । निर्वाचन प्रणाली, राज्यको शासकीय स्वरूप, संविधानको पुनर्लेखन लगायत एजेन्डा पुरा गर्न जेनजी विद्रोह असफल भएको हाम्रो पार्टीको निष्कर्ष छ’, उनले भने ।

विप्लवले जेनजी पुस्ताले जुन एजेन्डा अगाडि सारेका थिए, ती प्रस्ताव नेकपाले धेरै अगाडिदेखि नै उठाएको जिकिर गरे । यद्यपि ती माग तत्कालीन केपी ओली सरकारले सामाजिक सञ्जालमा रोक लगाएकाले विस्फोट भएको उनले जिकिर गरे ।

mulpatra mulpatra mulpatra

‘जेनजीले जे माग उठाएका थिए, ती वास्तविक माग थिए । हामीले ठुलो सङ्घर्ष गरेर गणतन्त्र ल्यायौँ तर गणतन्त्रमा जसरी सबै पक्षलाई समेटेर सम्बोधन गर्नुपथ्र्यो । त्यो भएन । एक प्रकारले असफल जस्तै भए । ठुलठुला भ्रष्टाचार भयो । एमसीसी पास भयो । मुलुकमा बेथिति बढ्दै गयो’, उनले भने– ‘यी सबै समस्या समाधानका लागि क्रान्तिकारी कम्युनिस्ट, देशभक्तहरूको संयुक्त सरकार गठन गर्नुपर्छ । जेनजीहरुलाई समेत समेटेर प्रत्यक्ष कार्यकारी निर्वाचन, निर्वाचन प्रणालीमा सुधार र संविधानको पुनर्लेखन गर्नुपर्छ ।’