‘ओली सोझो छ भन्दैमा लुरुलुरु बयान दिन जाँदैन’तीन दिनसम्म ओलीको मोबाइल सीज गरिएको खुलासा
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सोझो ठानेर कसैले बोलाउँदैमा लुरुलुरु बयान दिन नजाने बताएका छन् । सम्पादक संवादमा बोल्दै ओलीले २३, २४ भदौको जेन–जी आन्दोलन छानबिनका लागि सरकारले बनाएको आयोगमा बयान दिन नजाने स्पष्ट पारेका हुन् ।

उनले केपी ओलीले थुनिनुपर्ने गरी कुनै पनि अपराध नगरेको स्पष्टीकरण दिए । ‘कुनै हिसाबले ओलीलाई थुन्ने गरी कहिल्यै काम गरेन,’ उनले भने, ‘म सोचेर, विचार गरेर मात्रै काम गर्छु । मस्तिष्कले काम गर्ने बानी छ ।’
उनले आफू सुविचारी काम गर्ने, भ्रष्ट्राचार नगर्ने र सक्रियताका साथ काम गर्ने बानी रहेको व्यक्ति रहेको बताएका छन् ।सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
आइतबार कोटेश्वरको एक पार्टी प्यालेसमा सम्पादकहरूसँगको अन्तक्र्रियामा ओलीले भने, ‘प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि म सैनिकको सुरक्षामा गएको हो । २७ गतेसम्म मलाई मोबाइल दिइएको थिएन ।’
ओलीले जेनजी आन्दोलनपछि आफ्नो व्यक्तिगत सुरक्षाको अवस्था र मोबाइल सिज गरिएको तथ्य पहिलोपल्ट सार्वजनिक गरेका हुन् ।



