Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

झिलिमिली बत्तीको कारोबार ३० करोड पुग्ने अनुमान

झिलिमिली बत्तीको कारोबार ३० करोड पुग्ने अनुमान
  • ५ कार्तिक २०८२, मंगलवार ०७:३८

काठमाडौं– साँझ ढल्दै जाँदा सहरका गल्ली, घरका झ्याल–ढोका, पसलका बार्दली र टोल–टोलका छाना टल्किँदै छन् । लक्ष्मीपूजाको तयारीसँगै घर, कार्यालय, पसल र सडक किनाराहरू बत्तीको रंगीन प्रकाशले झकिझकाउ देखिन थालेका छन् । यति बेला बजारमा झिलिमिली बत्तीको चहलपहल पनि चुलिएको छ ।

mulpatra

अन्धकारलाई उज्यालोले जित्ने, रङ र सांस्कृतिक ऊर्जा भरिएको तिहार पर्व शनिबारदेखि सुरु भइसकेको छ । घरघरमा झिलिमिली बत्ती टाँग्न थालिएको छ भने बजारहरू पनि रङीन बत्तीहरूको चमकले उज्यालो बन्न थालेका छन् ।

झिलिमिली बत्तीको कारोबार यो वर्ष करिब ३० करोड रुपैयाँ बराबरको हुने अनुमान गरिएको छ । तिहारको समयलाई लक्षित गर्दै बजारमा बत्तीको माग बढे पनि अघिल्ला वर्षजस्तो चटारो र उत्साह भने कम देखिएको व्यवसायीहरू बताउँछन् ।

mulpatra mulpatra mulpatra

नेपालमा झिलिमिली बत्तीको ठूलो हिस्सा चीनबाट आयात हुन्छ । विशेषगरी तातोपानी नाका प्रयोग हुने गरेकोमा यो पटक सो नाका पूर्ण रूपमा सहज नभएकाले केही व्यापारीहरू अझै सामान ल्याउन सकेका छैनन् । यसले गर्दा बजारमा केही विशेष प्रकारका झिलिमिली बत्तीहरू उपलब्ध नहुन पनि सक्ने अवस्था छ ।

बत्तीहरूको मूल्य सामान्यतया १५० रुपैयाँदेखि २० हजार रुपैयाँसम्म पर्छ । सस्तो मूल्यमा पाउने स्ट्रिङ लाइटदेखि लिएर उच्च गुणस्तरका, रिमोट कन्ट्रोलसहितका डिजाइनर एलईडी लाइटसम्म बजारमा उपलब्ध छन् ।

तिहार मात्र नभई त्यसपछि तुरुन्तै सुरू हुने छठ पर्वको मागलाई ध्यानमा राखी व्यापारीहरूले झिलीमिली बत्तीको स्टक तयार पारेका छन् । झिलिमिली बत्तीको माग कात्तिकको तेस्रो सातासम्म निरन्तर रहन्छ भन्ने अपेक्षा गरिएको छ ।

Image Source: © https://mulpatra.com

तिहारको सिजन व्यापारको सिजन पनि हो । यही मौका छोपी धेरै व्यापारीले फुटपाथमा पनि बत्ती बिक्री गरिरहेका छन् । थोक बजारबाट किनेर साना स्टलमा राखेर बेच्ने प्रवृत्ति विगत केही वर्षयता सामान्यजस्तै बनेको छ । तर, यो वर्ष विगतका तुलनामा फुटपाथ व्यापारमा पनि रौनक कम देखिएको छ ।

नेपाल विद्युत्तीय व्यवसायी महासंघका अनुसार देशभर ४ हजारभन्दा बढी व्यवसायीहरू विद्युत्तीय बत्तीको व्यवसायमा संलग्न छन् । यीनीहरूले वर्षभर विभिन्न सिजनल माग अनुसार कारोबार गर्नेगर्छन् । तर, तिहारको कारोबार सबैभन्दा बढी हुने महासंघले जनाएको छ ।