Close

Recent Posts

हेडमास्टर चयनमा राजनीतिकरण रोक्न कार्यविधि बनाउँदै छौँ: शिक्षामन्त्री पुन

हेडमास्टर चयनमा राजनीतिकरण रोक्न कार्यविधि बनाउँदै छौँ: शिक्षामन्त्री पुन
  • ४ कार्तिक २०८२, सोमबार १४:५४

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालयका प्रधानाध्याकप (हेडमास्टर) चयनमा हुने गरेको राजनीतिकरण रोक्न मन्त्रालयले कार्यविधि बनाउन लागेको बताएका छन् ।

mulpatra

मन्त्री भएपछि पहिलो पटक सोमबार पत्रकार सम्मेलन गर्दै उनले आफूले थालेका कामबारे जानकारी दिएका हुन्। पुन असोज ६ गते मन्त्री नियुक्ति भएका थिए ।

‘हेडमास्टर चयन गर्ने पनि राजनीतिकरण भएर अयोग्य व्यक्ति हेडमास्टर बन्ने जथाभावी भएको देखेको हुनाले हेडमास्टर छान्नका लागि स्थानीय तहलाई एउटा निर्देशिका (कार्यविधि) बनाएर पठाउने भन्ने छ,’ उनले भने, ‘त्यो कार्यविधि बन्दै छ।’

mulpatra mulpatra mulpatra

त्यस्तै पाठ्यक्रम परिवर्तन गर्नुपर्ने सुझाव धेरैको आएको भन्दै त्यसमा पनि काम थालिएको मन्त्री पुनले बताए। ‘पाठ्यक्रम धेरै पुरानो भयो भन्ने गुनासो आएको हुनाले हामीले पाठ्यक्रम विकास केन्द्रमा नै गएर पाठ्यक्रम कसरी बनाउने भनेर उनीहरुलाई काममा लगाइसकेको छ,’ उनले भने, ‘खासगरी पाठ्यक्रममा नैतिक शिक्षालाई राख्नुपर्ने भन्ने माग छ। पूर्व व्यवसायिक, इतिहासका कुरा राख्नुपर्छ भन्ने छ। संविधानका कुरा राख्ने भन्ने छ।’