विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउने कार्यविधि बनाउँदै शिक्षामन्त्री
काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नहुने व्यवस्था गर्नुपर्ने भन्दै त्यसका लागि छलफल भएको बताएका छन् ।

उनले मन्त्री हुँदा आफूले करिब एक महिनामा गरेका कामबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् । ‘कुलपति प्रधानमन्त्री हुने चलन छ। अब प्रधानमन्त्री नरहने व्यवस्था गर्नुपर्छ। छलफल हुँदैछ,’ पुनले भने।
तर, त्यसका लागि कानुनी व्यवस्था गर्नुपर्ने र अहिले संसद् नभएकाले कानुन बनाउने स्थिति पनि नरहेको उल्लेख गरे। ‘यसका लागि कानुन बनाउनुपर्छ,’ मन्त्री पुनले भने, ‘तर, अहिले संसद् छैन। अध्यादेश पनि ल्याउन पाइँदैन।’
![]() |
![]() |
![]() |
|---|
जेनजी आन्दोलनका क्रममा देशभरका प्रहरी कार्यालयहरू जल्दा त्यहाँ राखिएका धेरै उत्तरपुस्तिका जलेका छन् । ‘आन्दोलनमा उत्तरपुस्तिका जलेकाले फेरि परीक्षा गर्न १ करोड ७५ लाख खर्च हुने रहेछ,’ मन्त्री पुनले भने ।
विभिन्न प्रदेश र जिल्लाका उत्तरपुस्तिकाबारे बुझ्ने क्रम जारी रहेको पनि उनले जानकारी गराए ।



