Close

Recent Posts

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउने कार्यविधि बनाउँदै शिक्षामन्त्री

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउने कार्यविधि बनाउँदै शिक्षामन्त्री
  • ७ कार्तिक २०८२, बिहीबार १७:०१

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नहुने व्यवस्था गर्नुपर्ने भन्दै त्यसका लागि छलफल भएको बताएका छन् ।

mulpatra

उनले मन्त्री हुँदा आफूले करिब एक महिनामा गरेका कामबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् । ‘कुलपति प्रधानमन्त्री हुने चलन छ। अब प्रधानमन्त्री नरहने व्यवस्था गर्नुपर्छ। छलफल हुँदैछ,’ पुनले भने।

तर, त्यसका लागि कानुनी व्यवस्था गर्नुपर्ने र अहिले संसद् नभएकाले कानुन बनाउने स्थिति पनि नरहेको उल्लेख गरे। ‘यसका लागि कानुन बनाउनुपर्छ,’ मन्त्री पुनले भने, ‘तर, अहिले संसद् छैन। अध्यादेश पनि ल्याउन पाइँदैन।’

mulpatra mulpatra mulpatra

जेनजी आन्दोलनका क्रममा देशभरका प्रहरी कार्यालयहरू जल्दा त्यहाँ राखिएका धेरै उत्तरपुस्तिका जलेका छन् । ‘आन्दोलनमा उत्तरपुस्तिका जलेकाले फेरि परीक्षा गर्न १ करोड ७५ लाख खर्च हुने रहेछ,’ मन्त्री पुनले भने ।
विभिन्न प्रदेश र जिल्लाका उत्तरपुस्तिकाबारे बुझ्ने क्रम जारी रहेको पनि उनले जानकारी गराए ।