Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

विदेशमा कार्यरत नेपाली चेलीको तिहार, माइतीको अभाव छैन, नेपालमा जस्तो रमाइलो हुँदैन्’

विदेशमा कार्यरत नेपाली चेलीको तिहार, माइतीको अभाव छैन, नेपालमा जस्तो रमाइलो हुँदैन्’
  • ७ कार्तिक २०८२, बिहीबार १३:०७

काठमाडौं– पछिल्लो समय शिक्षा, रोजगारी र अन्य अवसरको खोजीमा एक देशदेखि अर्को देशमा जाने चलन बढ्दो छ । यसकारण चाडपर्वको पनि दायरा फराकिलो बन्दै गएको छ । सीमित समुदायमा मानिने चाडपर्व समुद्रपारीका देशमा पनि मनाउन थालिएको छ ।

mulpatra

वैदेशिक रोजगारीमा आएका दाजुभाइलाई दिदीबहिनी भेला भएर भाइटीका लगाउने गरेका छन् । दसैंमा आफूलाई टीका लगाइदिएका नेपाली दाजुभाइहरुबाट तिहारमा भाइटिका लगाउँछिन् ।

५ वर्षअघि रोजगारीका लागि युएई पुगेकी झापाकी सविता अधिकारीले दसैंमा नेपाली दाजु–भाइको हातबाट टीका ग्रहण गर्छिन । ‘सरकारले घरेलु महिला कामदारलाई खाडीका देश जान प्रतिबन्ध लगाएपछि फेरि फर्किन नपाउने डरले नेपाल गएको छैन । ५ वटा दसैंतिहार युएईमै मनाएँ । विदेशमा दसैंतिहार मनाउने बानी भएको छ । ५ वर्षमा करिब २० जना माइती बनाएर टिका लगाएँ,’ उनले भनिन ‘चाडपर्वका बेला नेपाली दाजुभाइ तथा दिदीबहिनी मिलेर विदेशमा नै मनाउने गरेको छौं । तर, नेपालमा जस्तो दसैंतिहारको महत्व र रमाइलो विदेशमा हुँदैन् । आफनो देश भनेको आफ्नै हो ।’ विदेशको चाडपर्व काम मनाए जस्तो मात्र गरिने उनको भनाइ छ ।

mulpatra mulpatra mulpatra

रोजगारीका ४ वर्षअघि रोजगारीका लागि इजरायल पुगेकी पाल्पाकी इशा रेग्मी पनि उत्तै दसैंतिहार मनाउन गरेकी छिन् । रेग्मीले पनि इजरायलमै रहेको नेपाली दाजुभाइलाई टिका लगाएर तिहार मनाउने गरेकी छिन् । ‘नेपालमा जस्तो दसैंतिहार रमाइलो त हुँदैन् । तर नहुनु मामाभन्दा कानो मामा जाति भनेझैं इजरायलमै भएका दाजुभाइलाई भेला भएर तिहार मनाउँछौं,’ उनले भनिन् ‘रोजगादाता कम्पनीले नेपालीको चाडपर्वमा बिदा नदिने भएकाले पनि चाडपर्व रमाइलो हुँदैन् । वैदेशिक रोजगारीमा आएपछि चाडपर्वभन्दा पनि कामकै महत्व ठूलो महत्व धेरै हुन्छ ।’

यस्तै, ३ वर्षअघि रोजगारीका लागि बेल्जियम पुगेकी सुनसरीकी राधा घिमिरेले त्यहाँ रहेका नेपाली दाजुभाइलाई टिका लगाएर तिहार मनाउने गरेकी छिन् । रोजगारी र अन्य पेसा व्यवसाय गरेर बेल्जियममा रहेको नेपाली दाजुभाइलाई सामूहिक रूपमा भेला गरी टीका लगाउने गरको राधाले बताइन् । ‘नेपालमा जस्तो रमाइलो विदेशमा नहुने भएपनि भाइटीका लगाउन माइतीको अभाव हुँदैन् । नेपालमा जस्तो देउसीभैलो खेल्न पाइँदैन् । त्यही भएर विदेशमा चाडपर्वमा रमाइलो हुँदैन् ,’ उनले भनिन् ‘समुद्रपारि भएपनि नेपालमा हुँदा मनाएको दसैंतिहारको झलझली याद आउँछ । तिहार मनाउन घर फर्किन खोजेपनि पाइदैन् ।’ विदेशमा रहेको नेपाली चेलीबेटीले सम्बन्धीत देशमा हल्का भएपनि रमाइलो गरेर तिहार मनाउने गरेको उनको भनाइ छ ।

रोजगारीको खोजीमा खाडीका देश गएका हुन् अथवा अध्ययनका लागि यूरोप–अमेरिका पुगेका नेपाली नै किन नहुन्, जहाँ नेपाली त्यहाँसम्म पुग्ने गरेको छ, दसैं–तिहार । आफन्त हुनेहरूले आफन्त भेटघाट र नहुनेहरूले समेत आपसमा भेला भएर दसैंतिहार मनाउने गरेको बताउँछन् ।

Image Source: © https://mulpatra.com

दसैं सकिएलगत्तै तिहारको रमझम सुरु हुन्छ । तिहारमा काग, कुकुर, गाई पूजासँगैलक्ष्मी, गोवर्धन र दिदीबहिनी भाइटीका लगाउछन् । तिहारमा त विषेशतः सबैभन्दा रमाइलो देउसी भैलो खेल्नमा हुन्छ । सेलरोटीलगायतका मिष्ठान्न भोजन खाई रमाइलो गरी तिहार मनाउने प्रचलन नै छ । दसैंभन्दा तिहार धेरै रमाइलो हुने भएका कारण पनि विदेशमा रहेका नेपाल यो समयमा देशलाई सम्झिरहेका हुन्छन् ।

रोजगारीको खोजीमा खाडीका देश गएका हुन् अथवा अध्ययनका लागि यूरोप–अमेरिका पुगेका नेपाली नै किन नहुन्, जहाँ नेपाली त्यहाँसम्म पुग्ने गरेको छ, दसैं–तिहार । आफन्त हुनेहरूले आफन्त भेटघाट र नहुनेहरूले समेत आपसमा भेला भएर दसैंतिहार मनाउने गरेको बताउँछन्

सामाजिक सञ्जालले चाडपर्वका बेला देश–विदेशमा रहेका नेपालीहरुलाई परिवारसँग जम्काभेट गराइदिन्छ । विदेशका नेपालीले पनि सामाजिक सञ्जालमा आफन्त र परिवारले चाडपर्व मनाएको तस्बिर हेरेर चित्त बुझाउने गरेको लेबनानबाट इलामकी रिता राई बताउँछिन् । चाडपर्व मनाएका तस्बिर सामाजिक सञ्जालमा आदानप्रदान गर्दा देश–विदेशमा रहेका आफन्तबीच खुसीयाली पनि साटासाट हुने गरेको उनको भनाइ छ । विगत केही वर्षयता सामाविक सञ्जालले दसैंतिहार र समाजमा भएका राम्रा नराम्रा घटना विदेशमा रहेका नेपालीले तत्काल थाहा पाउने गरेका छन् ।

फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालले दशै–तिहारलगायतका पर्वको महत्व बढाउँदै लगेको विदेशमा रहेका नेपालीले बताउँछन् । सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या बढ्दै गएपछि चाडपर्व गाउँगाउँका घटनामा पनि समाजिक सञ्जालमा छरिने गरेका छन् । नेपालमा रहेका आफन्तले दसैंतिहार कसरी मनाए भन्ने कुरा तत्काल थाहा पाइने भएकाले सामाजिक सञ्जालले समेत चाडपर्वको महत्व थप्दै गएको छ ।

विदेशमा पनि चाडपर्व मनाइने भएपनि रोजगारी वा अन्य कामले विदेश पुगेका नेपालीमा भने सकेसम्म यही अवसरमा स्वदेश फर्किने गरेका छन् । हाल वैदेशिक रोजगारीमा करीब ४७ लाख नेपाली कार्यरत रहेको सरकारी अनुमान छ । जसमध्ये दसैंतिहार मनाउन वा बिदा लिएर २ लाखभन्दा धेरै नेपाली स्वदेश फर्किने गरेका छन् ।