हायात होटल बन्द भएपछि चासो राख्यो सरकारले
काठमाडौं । काठमाडौंको होटल हायातले बन्द गर्ने सुचना जारी गरेपछि प्रधानमन्त्री सुशिला कार्कीले चासो राख्दै होटल सुचारीका लागि आवश्यक पहल गर्ने बताएकी छिन् ।

हिजो होटल हायातले सुचना जारी गर्दै भनेको छ ‘हायात रीजेन्सी काठमाडौं हालका लागि अस्थायी रूपमा बन्द गरिएको छ, र सुरक्षाको सावधानीस्वरूप नयाँ बुकिङहरू स्थगित गरिएको छ।’ उक्त सुचना जारी गरेपछि कर्मचारीलाई होटल प्रवेश नगर्न समेत भनेको थियो ।
जेनजी आन्दोलनमा आक्रमणको शिकार भएको होटल बन्द गर्ने सुचना भएपछि विदेशी पर्यटनमा नकरात्मक सन्देश जाने भएकोले प्रधानमन्त्रीले चासो व्यक्त गरेको सचिवालयले जनाएको छ । अर्को पाँचतारे होटल जेनजी आन्दोलनमा जलाइएको थियो । देशका प्रमुख होटलहरु बन्द भएकोमा प्रधानमन्त्रीको चासो पछि अर्थमन्त्री रामेश्वर खनालले होटल रिजेन्सीको व्यवस्थापनसँग कुरा गरेका छन्। अर्थमन्त्री खनालले होटल व्यवस्थापनलाई नआत्तिन र उच्च मनोबलका साथ सेवा सुचारु गर्न आग्रह गरेको जनाइएको छ ।
भोली आइतबार फेरी व्यवस्थापनसँग छलफल गरि होटल सन्चालनको लागि आवश्यक पहल गर्ने समेत प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
