तोलामै ११ हजार बढीले घट्यो सुनको मूल्य
काठमाडौं– आइतबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आज एकैदिन सुनको मूल्य ११ हजार ६०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्यउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा झरेको छ ।

गत कार्तिक ३ गते छापावाल सुनको मूल्य तोलाको २ लाख ५३ हजार ५०० रूपैयाँ निर्धारण भएको थियो । त्यसयता सार्वजनिक बिदा परेकाले सुनको नयाँ मूल्य नतोकिएको हो।
यस्तै आज चाँदीको भाउ पनि तोलामा २६५ रुपैयाँले घटेको छ । यससँगै चाँदी ३ हजार १५ रुपैयाँ कायम भएको छ। गत कात्तिक ३ गते चाँदी ३ हजार २८० रुपैयाँमा किनबेच भएको थियो।
