Close

Recent Posts

पैसावाला व्यवसायीले मात्र मलेसिया कामदार पठाउने गरी लगाउन खोजीएको सिण्डिकेट मान्य हुँदैन: बैरो संघका प्रथम उपाध्यक्ष श्रेष्ठ

पैसावाला व्यवसायीले मात्र मलेसिया कामदार पठाउने गरी लगाउन खोजीएको सिण्डिकेट मान्य हुँदैन: बैरो संघका प्रथम उपाध्यक्ष श्रेष्ठ

मुक्तिनाथ तथा अन्नपूर्णक्षेत्रमा हिमपात, दुईदिन पानी पर्ने

मुक्तिनाथ तथा अन्नपूर्णक्षेत्रमा हिमपात, दुईदिन पानी पर्ने
  • १२ कार्तिक २०८२, मंगलवार १०:२१

काठमाडौँ । दूई दिन सम्म हिमाली भेगमा हिमपात र अन्य क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले कार्तिक १२ गते सम्म देशभर साधारणतया बदली रहने जनाएको छ । यसैविच हिजो राती देखि अन्नपूर्ण बेसक्याम्प क्षेत्र र मुक्तिनाथ क्षेत्रमा समेतहिमपात भइरहेको छ ।

mulpatra

हिमपातसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको छ भने भ्रमणमा गएकाहरुलाई स्थानीय प्रशासनले सचेत गराएका छन् भने मुक्तिनाथ क्षेत्र भ्रमणमा केही दिन नआउन प्रसासनले भनेको छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपात र वर्षा तथा बाँकी तराईका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश ,गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात र वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा भारी हिमपातरवर्षाको पनि सम्भावना रहेको छ ।
हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको कारण सतर्क रहन महाशाखाले भनेको छ ।