बंगालको खाडीमा सक्रिय भयो ‘मोन्था’ चक्रवात, नेपालमा कस्तो असर पर्छ?
काठमाडौं– भारतको मौसम विभागले बंगालको खाडीमा सक्रिय रहेको मोन्था चक्रवात थप शक्तिशाली भएर आँधीबेहेरीमा बदलिने चेतावनी जारी गरेको छ ।

बीबीसी हिन्दीका अनुसार मोन्था आँधीको प्रभाव भारतको महाराष्ट्र, आन्ध्र, अन्दमान निकोबारलगायत क्षेत्रमा पर्नेछ । मोन्था आँधीको गति ९० देखि १०० किलोमिटर प्रतिघण्टाको दरले बढ्ने अनुमान गरिएको छ । नेपालमा मोन्था आँधीको प्रभाव देखिने मौसम विज्ञान विभागले जनाएको छ ।
मंगलबारदेखि विहीबारसम्म बंगालको खाडीबाट सक्रिय भएको मोन्था चक्रवातले हिमपात र वर्षा गराउनेछ । मंगलबार मोन्था आँधीले देशैभरकै बदली गराउने र वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
