मसँग चित्त नबुझे ओलीका सामू लम्पसार पर्न तयार हुनेहरू गए हुन्छ: माधव नेपाल

मसँग चित्त नबुझे ओलीका सामू लम्पसार पर्न तयार हुनेहरू गए हुन्छ: माधव नेपाल
  • १३ कार्तिक २०८२, बुधबार १३:४४

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई संकेत गर्दै पार्टी छोडेर जान चुनौती दिएका छन् ।

mulpatra

बुधबार पार्टी केन्द्रीय समितिको बैठकमा उनले एमालेविरुद्ध विद्रोहको औचित्य थिएन भन्‍ने नेताहरूलाई केपी ओलीका सामू लम्पसार तयार भएको टिप्पणी गरेका हुन् । पार्टीभित्र सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरूले एमालेसँगको विद्रोहको औचित्य अझै पुष्टि हुन नसककेको भन्दै प्रश्न उठाइरहेका थिए ।

‘एमाले विरुद्ध विद्रोहको औचित्य छैन भन्‍ने कुरामा कुनै दम छैन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नु बाहेक केही होइन।’ उनले भने ।

mulpatra mulpatra mulpatra

उनले एकीकृत समाजवादी पार्टी खोलेर कुनै गल्ती नगरेको बताए । ‘चुनौती आइरह्नछन्। ती चुनौतीको सामना गर्नुपर्छ। हामीले चुनौतीको समाना गरेका थियौं।’ उनले भने ।

पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुनुपर्ने, समाजवादी कार्यदिशा अँगाल्नुपर्ने, नेपाली विशेषताको समाजवादी कार्यक्रम अङ्गीकार गर्नुपर्ने र साम्राज्यवाद, प्रभुत्ववाद तथा नवउपनिवेशवादको विरोध गर्दै राष्ट्रको विकास, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, समानता र आम जनताका हक अधिकारको पक्षमा दृढतापूर्वक खडा हुने र सङ्घर्ष गर्ने प्रतिबद्धता गरे एकता गर्न सकिने उनको भनाइ छ। अध्यक्ष नेपाल माओवादीसँग एकताका लागि तयार छन्।