यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
  • १३ कार्तिक २०८२, बुधबार १५:२९

काठमाडौं– नेपाल सरकारले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची–२ मा हेरफेर गर्ने निर्णय गरेको छ । यस निर्णयअन्तर्गत सचिवालयको दरबन्दी घटाउने निर्णय भएको हो ।

mulpatra

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र मौरिससबिच भएको दोहोरो कर मुक्ति सम्झौता अन्त्य गर्ने निर्णय पनि गरेको छ । यस्तै छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ। यो नियमावली राजपत्रमा प्रकाशित भएपछि अनलाइनको दर्ता र नवीकरण लागू हुनेछ ।

यसैगरी कतारको दोहामा आयोजना हुने ’सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा २०८२ कार्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ ।

mulpatra mulpatra mulpatra

बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि २०८२ माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलका अनुसार, माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय भएको जानकारी गराए ।