Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

चुनाव गराउन आयोगले माग्यो करिब ८ अर्ब, अध्ययनपछि दिने तयारीमा अर्थ मन्त्रालय

चुनाव गराउन आयोगले माग्यो करिब ८ अर्ब, अध्ययनपछि दिने तयारीमा अर्थ मन्त्रालय
  • १४ कार्तिक २०८२, बिहीबार १८:५४

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ । चुनाव खर्चका लागि आयोगले ७ अर्ब ८१ करोड रुपैयाँ प्रस्ताव गरेको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले जानकारी दिए ।

mulpatra

आयोगले चुनावका लागि करिब ८ अर्ब रुपैयाँ बजेट माग गरेको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एक साताअघि निर्वाचनका लागि आवश्यक रकम अर्थ मन्त्रालयमा प्रस्ताव लगिएको जानकारी दिए ।

अघिल्लो पटक २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले प्राप्त गरेको रकमभन्दा आगामी चुनावका लागि प्रस्ताव गरिएको रकम २ अर्ब रुपैयाँ बढी छ । २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच अर्ब ८१ करोड रुपैयाँ र स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड रुपैयाँ विनियोजन भएको थियो ।

mulpatra mulpatra mulpatra

चालू आर्थिक वर्ष ०८२÷८३ मा सरकारले निर्वाचन आयोगलाई नियमित खर्चबापत ६१ करोड २३ लाख मात्रै बजेट विनियोजन गरेको छ । जेन–जी प्रदर्शनपछि संसद् विघटन भई नयाँ अन्तरिम सरकार गठन भएसँगै समयअगावै निर्वाचनमा जानुपर्ने अवस्था छ। यसका लागि आयोगलाई निर्वाचन गर्न अतिरिक्त खर्च चाहिने भएको हो ।

विगतमा निर्वाचनमा खर्च

२०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच अर्ब ८१ करोड रुपैयाँ र स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड रुपैयाँ विनियोजन भएको थियो ।

Image Source: © https://mulpatra.com

यस्तै, २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७ अर्ब ५९ करोड रुपैयाँ र स्थानीय तह निर्वाचनमा ६ अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएको थियो ।

२०७० को दोस्रो संविधिानसभा निर्वाचनमा ३ करोड ६ करोड ३० लाख रुपैयाँ र आठ दातृराष्ट्रबाट ३ अर्ब १८ करोड सहयोग प्राप्त भएको थियो ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा २ अर्ब ८० करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।