बालेन र प्रधानमन्त्रीबिच सुमधुर सम्बन्ध कायमै छ, गृहमन्त्री हटाउने हल्ला नपत्याउनू होला
काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने अफवाह फौलाइएको भनेर त्यसको खण्डन गरेको छ । सचिवालयले विहीबार प्रेस विज्ञप्ती जारी गर्दै यस्ता खबरहरुको खण्डन गरेको हो ।

‘अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले दबाब दिइरहेको भनि विभिन्न सञ्चारमाध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति प्रधानमन्त्री ज्यूको ध्यानाकर्षण भएको छ’, विज्ञप्तीमा भनिएको छ ।
साथै, ‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्री ज्यूको अधिकारक्षेत्रको विषय हो । कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन सक्दैन’ भनेर विज्ञप्तीमा उल्लेख छ ।
![]() |
![]() |
![]() |
|---|
प्रधानमन्त्रीको सचिवालयले बालेनको कुरा सुन्नु आवस्यक नभएको स्पष्ट सन्देश दिएको छ । अहिलेको स्थितिमा बालेनलाई ‘किङमेकर’ र आन्दोलनको मुख्या अभिभावक ठानिएको थियो । तर बालेन आफैँले भने अहिले आएर आन्दोलनका दौरान कसैले आफूलाई ‘प्रयोग गरेको’ महसुस गरेपछि उनी र उनको टीम अर्याललाई हटाउन लागिपरेको खबरहरु आएका थिए ।
अर्यालले अपदस्त प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखक समेतलाई पक्राऊ गर्न आग्रह गरेको भए पनि मन्त्री अर्यालले त्यसो नगरेपछि उनलाई हटाउने प्रपञ्च सुरु भएको खबरहरु आएका थिए । यसबारे सामाजिक सञ्जालहरुमा पनि बालेनका प्रमुख समर्थक र अभियान्ता मानिने भिक्टर पौडेलले अर्याललाई हटाउने बारे सामाजिक सञ्जालमा ‘ट्रेण्ड’ चmलाउन आह्वान गरेका विवरणहरु पनि बाहिरिएका थिए ।
बालेनले अर्याललाई हटाएर उनको ठाउँमा महानगरीय प्रहरी प्रमुख राजु पाण्डे वा नेपाल प्रहरीकी पूर्व डिआईजी मीरा चौधरी पठाउन खोजेको खबरहरु सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्मै छापछाप्ती आएका थिए । त्यसपछि प्रधानमन्त्रीको सजिवालयले यसबारे विज्ञप्ती जारी गरेको हो ।
Image Source: © https://mulpatra.com
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले विज्ञप्ती जारी गर्दै ‘गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरुको मनोबल उच्च राख्न अहोरात्र खटिएका’ भनेका छन् ।




