Close

Recent Posts

रास्वपाले वृहत् वैकल्पिक राजनीतिक संवाद गर्ने

रास्वपाले वृहत् वैकल्पिक राजनीतिक संवाद गर्ने
  • १५ कार्तिक २०८२, शुक्रबार १०:३३

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बृहत् राजनीति संवाद गर्ने भएको छ। रास्वपाले दिउँसो १ बजेनेपाल हाउस बालुवाटारमा बृहत् राजनीति संवाद आयोजना गर्न लागेको हो । बृहत् राजनीति संवादका लागि ठूला दलहरू सँगै विभिन्न वैकल्पिक राजनीतिक दलहरूलाई पनि निमन्त्रणा गरिएको छ।

mulpatra

लामो समयदेखि विद्यमान संसदीय अनुभवबाट दिक्क भई परिवर्तनको पक्षमा उभिएका जेन–जी पुस्ताको शान्तिपूर्ण प्रदर्शनपछि विकसित राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरूको संरक्षण र दीर्घकालीन रूपान्तरणको लागि समान सोच र शैली भएका राजनीतिक दल, व्यक्ति, समूह तथा वृहत् राजनीतिक एलायन्सको गृहकार्य स्वरूप यो संवाद आयोजना गर्न लागिएको पार्टी उपसभापति स्वर्णिम वाग्लेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाले आन्दोलनको उत्पत्ति र नतिजाबारे साझा बुझाइस् आन्दोलनको उत्पत्ति, नतिजा र आगामी सुधारका सन्देशबारे साझा बुझाइ स्थापित गर्ने, वृहत् एकता र सहकार्यको रेखांकनस् लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवद्र्धनका लागि वृहत् एकता र सहकार्यको रेखांकन गर्ने र रणनीतिक साझेदारीको सम्भाव्यतास् उन्नत रूपान्तरणका लागि आसन्न प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारीको अवसर र उपयोगिताबारेको सम्भाव्यतामाथि छलफल गर्ने उद्देश्यसहित बृहत् राजनीति संवाद आयोजना गर्न लागेको जनाइएको छ ।

mulpatra mulpatra mulpatra