अतिक्रमित र मापदण्ड विपरीत काठमाडौंभित्र बनाइएका संरचना हटाउन ७ दिने अल्टिमेटम
काठमाडौं– काठमाडौंका अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने समय सीमा तोकिएको छ । काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा तथा मापदण्ड विपरीत बनेका संरचना हटाउने निर्णय गरेको हो ।

गत असोज २ गते बसेको संयुक्त बैठकले मापदण्ड विपरीत निर्माण भएका संरचना हटाउने निर्णय गरेपछि महानगरले आज अत्यन्त जरुरी सूचना जारी गर्दै सम्बन्धित व्यक्तिहरूलाई स्वेच्छाले संरचना खाली गर्न वा हटाउन आग्रह गरेको हो ।
‘ काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका यस्ता सार्वजनिक स्थलमा अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने यसै सूचनामार्फत जानकारी गराइन्छ’ सूचनामा भनिएको छ ।

