Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै देशभरका नर्स आन्दोलित

न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै देशभरका नर्स आन्दोलित
  • १५ कार्तिक २०८२, शुक्रबार १३:०६

काठमाडौं– न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित भएका छ । नसिंङ संघले अघि सारेको १५ बुँदे मागलाई पुरा गर्नुपर्ने भन्दै शुक्रबार देशभरका अस्पतालका नर्सहरूले प्रदर्शन गरेका थिए ।

mulpatra

आजदेखि सरकारीसरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरूलाई सरकारी अस्पतालका नर्सहरूले पनि एक्यबद्धता जनाउँदै आन्दोलनमा उत्रिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२÷०६÷२४ को पत्र कार्यान्वयन गरी स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकार सरह नघट्ने गरी दिनुपर्ने, अतिरिक्त कार्यवापत भत्ता दिनुपर्ने, ज्यालादारीमा नचलाउने र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने उनीहरूको माग छ ।

त्यस्तै, हालसम्म श्रमिकको रूपमा हेरिएको दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गर्नुपर्ने लगायतको माग रहेको सिभिल अस्पतालमा कार्यरत नर्स विमला पौडेलले बताइन्।

mulpatra mulpatra mulpatra

अहिले बिहान १० देखि १२ बजेसम्म मात्रै विरोध प्रदर्शन गरिरहेका नर्सहरूले १८ कात्तिकसम्म पनि आफ्ना माग सुनुवाइ नभए कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् । श्रमको सम्मान नभएसम्म नर्स आन्दोलन जारी रहने नर्सिङ संघले जनाएको छ।