Close

Recent Posts

रेशमको पार्टी पनि प्रत्‍यक्ष निर्वाचित कार्यकारी प्रमुखकै पक्षमा

रेशमको पार्टी पनि प्रत्‍यक्ष निर्वाचित कार्यकारी प्रमुखकै पक्षमा
  • १५ कार्तिक २०८२, शुक्रबार १५:१६

काठमाडौं– रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले प्रत्‍यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासन प्रणालीको एजेण्डा अघि सारेको छ ।

mulpatra

दल दर्ताको निवेदन दिइसकेपछि बसेको पार्टीको पहिलो बैठकले प्रत्‍यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासन प्रणालीको एजेण्डा अघि सारेको पार्टीका अध्यक्ष कवीर सोबले जानकारी दिए । उनले प्रत्‍यक्ष निर्वाचित भइसकेपछि देशमा स्थिर सरकार रहने र ५ वर्षसम्म ढुक्कले काम गर्न सक्‍ने वातावरण हुने उनको दाबी छ । ‘संसदीय प्रणालीमा सरकार अ्क गणित देखाएर फेरबदल भइरहने हुन्थ्यो ।

‘प्रत्‍यक्ष निर्वाचित भइसकेपछि देशमा विकासका लागि सरकार स्थिर रहन्छ। विकासमा एजेण्डामा काम तीव्रगतिमा हुन्छ।’ उनले भने । प्रत्‍यक्ष निर्वाचित अन्य पदहरू पनि हुनुपर्ने र त्यसमा समानुपातिक समावेशीको सिद्धान्त अनुसार अगाडि बढाउनेपर्ने नीति लागू हुनुपर्ने पार्टीको एजेण्डा रहने उनको भनाइ छ ।

mulpatra mulpatra mulpatra

हाल पार्टीको वरिष्ठ उपाध्यक्षमा अब्दुल खान, महासचिवमा डा. उमाशंकर प्रसाद चौधरी रहेका छन् भने कोषाध्यक्षमा, सचिव र केन्द्रीय सदस्यहरू पार्टीको केन्द्रीय कमिटीको बैठकले टुंगो लगाउनेल छ ।