Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

भिजिट भिसामा ६ बुँदे मापदण्ड पुनरावलोकनका लागि सिफारिस, पुरानो सबै प्रावधान खारेज

भिजिट भिसामा ६ बुँदे मापदण्ड पुनरावलोकनका लागि सिफारिस, पुरानो सबै प्रावधान खारेज
  • १५ कार्तिक २०८२, शुक्रबार १५:३६

काठमाडौं– भिजिट भिसा विवादित बनेपछि अध्यागमन विभागले हाल कार्यान्वयनमा रहेको ६ बुँदे मापदण्डलगायत यस अघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरु खारेज गरेको छ ।

mulpatra

विभागले कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफू जान लागेको देश र यात्राको बारेमा पूर्ण रुपमा जानकारी प्राप्त गरी यात्रा गर्न अनुरोध गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत् जारी प्रेस वक्तव्यमा विभागले नयाँ प्रावधानबारे जानकारी दिएको छ ।

गृहमन्त्रालयको ०८२ कार्तिक १३ गतेको मन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसाका सबै प्रावधान खारेज गरी नयाँ प्रावधान जारी गरिएको अध्यागमन विभागले उल्लेख गरेको छ ।

mulpatra mulpatra mulpatra

वैदेशिक यात्रा गर्दा कम्तिमा ६ महिना वैध अवधि भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा (भिसा) वा अनअराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, जान लागेको देशको हवाई टिकट, भ्रमण गर्नुको कारण र आवश्यक कागजात साथै भ्रमणका क्रममा केही भए स्वयम् जिम्मेवार रहने व्यहोराका स्वघोषणापत्र आवश्यक पर्ने विभागले जनाएको छ ।