सहरी विकास मन्त्रालयले बञ्चरेडाँडाबासीलाई छलफलमा बोलायो
काठमाडौँ– बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रका स्थानीयले दुई दिनदेखि फोहोर बोकेर गएको गाडी रोकेपछि सहरी विकास मन्त्रालयले स्थानीयलाई आज वार्तामा बोलाएको छ ।

२०७९ जेठ २६ गते भएको १८ बुँदै सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयले काठमाडौँ महानगरसहित उपत्यकाबाट फोहोर बोकेर गएका गाडीहरू रोकिएका छन् । काठमाडौँ महानगरपालिकाले घरबाट फोहोर ननिकाल्न सूचना नै जारी गरिसकेको छ ।
स्थानीयहरूको विरोधपछि मन्त्रालयले छलफलमा बोलाएको ल्याण्डफिल साइट रहेको नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।
