समाजवादी टुक्रिने भए पछि ओली पछि योगेशले गरे एमालेमा फर्कन आव्हान
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादीमा रहेकालाई एमालेमा फर्कन र हालेमालो गरि अघि बढ्न आव्हान गरेका छन् । सोही सन्दर्भमा केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत पार्टी छाडेर गएकालाई मुलधारमा फर्कन सामाजिक सन्जाल मार्फत आव्हान गरेका थिए ।

एकीकृति समाजवादीले माओवादीसँग एकिकरणमा जाने निर्णय गरेको र वरिष्ठ नेता झलनाथ खनाल, घनश्याम भुसाल लगायतका नेताहरु समाजवादी नै कायम गर्ने पक्षमा रहेको अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त आव्हान गरेका थिए ।
यसै सन्दर्भमा भट्टराईले अध्यक्ष ओलीको पार्टी छाडेर गएकालाई मूलघर फर्कन गरेको आव्हान स्वागत र समय सान्दर्भिक रहेको बताएका छन् ।
![]() |
![]() |
![]() |
|---|
शनिबार बिहान सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्वमार्फत एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।
उनले पार्टीको एकताका लागि चार आधार प्रस्तुत गर्दै लेखेका छन्ः १, जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने । २. पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई स्वीकार गर्ने । ३. २०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गम्भीर र वस्तुनिष्ठ समीक्षा गर्ने, पार्टीको बहुआयामिक पुनर्गठन गरी आगामी प्रतिस्पर्धामा नेकपा एमालेलाई विजयी बनाउने । ४. नेकपा एमालेको नेतृत्वमा आर्थिकरसामाजिक रूपान्तरण गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने ।
केही दिन अघि एमाले अध्यक्ष ओलीले नेकपा एसको नाम नलिइकन सामाजिक सञ्जालमार्फत सबैलाई ‘आफ्नै घर फर्किन’ अपिल गरेका थिए ।
Image Source: © https://mulpatra.com
ओलीले लेखेका छन्, ‘विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु । जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईँहरूको पसिना र रगतले बनेको हो ।’
मिले राष्ट्रिय शक्ति बनाउन सकिन्छ भन्दै ओलीले लेखेका छन ‘हामी एउटै परिवार हौँ । हाम्रो लक्ष्य स्पष्ट छ । समृद्ध नेपाल, सुखी नेपाली । म सबैमा आह्वान गर्न चाहन्छु । कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा । हाम्रो साझा सपना साकार पार्न । निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौँ ।’
एकिकृत समाजवादीले बहुमतले माओवादीसँग एकिकरणमा जाने निर्णय गरेको छ भने झलनाथ खनाल, घनश्याम भुषालहरुले एकिकृत समाजवादी व्युँत्याउने वा नयाँ पार्टी गठन गरेर जाने भन्ने छलफल चलिरहँदा एमालेका अध्यक्ष, सचिव लगायतकाले बारम्बार गर्न थालेको पार्टीमा आउने आव्हानलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।



