शुक्रबार तोलामा २७ सय बढेको सुनको मूल्य आज पनि बढ्यो
काठमाडौं– गएको शुक्रबार बढेको सुनको मूल्य आज पनि बढेको छ । मूल्य बढेर आज सुन तोलाको दुई लाख ३९ हजार सातसय रुपैयाँ पुगेको छ ।

शुक्रबार तोलामा दुई हजार सातसय रुपैयाँ बढेको सुनको मूल्य आज पनि तोलामा सातसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताका चार दिनसम्म सुनको मूल्य लगातार घटेको थियो। गएको शुक्रबार सुनको मूल्य तोलाको दुई लाख ३९ हजार रुपैयाँ थियो ।
गएको आइतबारदेखि बुधबारसम्म (चार दिन)मा सुनको मूल्य तोलाकै १७ हजार दुईसय रुपैयाँ घटेको थियो । गएको असोज १९ गतेदेखि असोज ३० गतेसम्म (१३ दिनको अवधिमा) सुनको मूल्य तोलामा ३४ हजार आठसय रुपैयाँ बढेको थियो ।
![]() |
![]() |
![]() |
|---|
गत वर्षको मंसिर १० गते एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको थियो । आज चाँदीको मूल्य भने घटेको छ। तोलामा ५ रुपैयाँ घटेर चाँदीको मूल्य आज तीन हजार ५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।



