ढुंगा पन्छाएपछि खुल्यो कान्ति लोकपथ, कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अझै बन्द
काठमाडौं– ढुंगा हटाएपछि कान्ति लोकपथ खुलेको छ । मकवानपुर प्रहरीका अनुसार आइतबार बिहान ७ बजेतिर बकैया गाउँपालिका–११ घट्टेपाखामा खसेको ठुलो ढुंगा पन्छाएपछि दुवैतर्फ यातायात सञ्चालन भएको हो ।

यसैबीच पहिरोका कारण शनिबार साँझदेखि अवरुद्ध कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक भने अझै खुलेको छैन । केही बेर अघिदेखि सडकमा गाडी चल्न थालेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी पुष्कर बोगटीले बताएका छन् ।
सडकमा माटो र ढुंगा थुप्रेका कारण सवारीसाधान आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ । हाल पहिरो पन्छाउने क्रम चलिरहेको र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित ज्यामिरेमा सडक माथिबाट आएको पहिरोका कारण बाटो बन्द भएको हो ।
