ओली दम्पतीको उपस्थितिमा गुण्डुमा एमाले युथ भोलेन्टियरको भेला
काठमाडौं– नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नि राधिका शाक्यको उपस्थिति थियो । कार्यक्रममा पोलिटब्युरो सदस्य महेश बस्नेतले युथ भोलेन्टियर फोर्सको केही आचारसंहिता पनि बनाएको बताए ।
भेलामा एमाले अध्यक्ष ओलीसहित ओली पत्नी शाक्य यस्तै एमाले नेता तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, महेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतका नेता देखिएका छन् ।
![]() |
![]() |
![]() |
|---|



